फ्युचर गोरखा प्रि टेनिङ्ग एण्ड एजुकेशन एकेडमी कोहलपुर २ बाँकेको कार्यालय उदघाटन भएको छ । कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेका भूतपूर्व बेलायती सेनामा कार्यरत रहेका कोहलपुर २ का केशर बहादुर आलेले पछिल्लो पुस्ता भारतीय सेना लगायत अन्य देशमा रोजगारका लागि निकै इच्छुक देखिएकोले कोहलपुरमा प्रि टेनिङ्गको आवश्यकता रहेको र आगामी दिनमा फ्युचर गोरखा प्रि टेनिङ्गले एण्ड एजुकेशनले आफ्नो क्षमता र विश्वास प्रि टेनिङ्गमा समावेश भएका जवानहरुलाई दिनुपर्ने बताए । साथै भूतपूर्व सेना आलले कुनै पनी काम असम्भव नभएको र इच्छा र चाहाना र उदेश्य एकै लिएर काम गर्नुपर्ने बताएका
छन् ।
आलेले १७ वर्ष बेलायती सेनामा आवद्ध हुँदा जवान छनोटको जिम्मेवारी समाल्दै आएका थिए । लामो समय बिटिस आर्मी, भारतिय सेना, नेपाली सेना, नेपाल प्रहरी,सेकुरिटी गार्डमा रोजगारका लागि जान चाहने नेपाली युवायुवतीहरुका लागि प्रि टेनिङ्ग दिइने भएको छ । १८ वर्षसम्म भुतपुर्व भारतिय सैनिकमा आवद्ध रहेका भुतपूर्व सैनिक कविराम पुलामी, भारतिय सेनामा १७ वर्ष कार्यरत रहेका पदम शिह आर्चाय, सुनिल कुमार थापाको टिमले उक्त फ्युचर गोरखा प्रि टेनिङ्ग एण्ड एजुकेशन एकेडमी संचालन गरिएको छ । आगामी दिनमा कोहलपुर लगायत विभिन्न जिल्लामा प्रि टेनिङ्ग संचालन गर्ने लक्ष्य राखेको संचालक समितीले जनाएका छ । होस्टेल सहितको प्रि टेनिङ्गको लक्ष्य राखेको उक्त टिमले जवानहरुको भर्ना लिने कार्यलाई केही दिनमा निरन्तरता दिने भएको हो । देशमा बढ्दो बेरोजगारको समस्या र भारतीय सेनामा, बिर्टिस सेनामा भर्ती हुन चाहने युवायुवतीहरुका लागि प्रि टेनिङ्गले महत्वपूवर्ण भुमिका खेल्ने स्थानियबासीहरुले बताएका
छन् । प्रि टेनिङ्गका लागि युवाहरुलाई अनुशासको क्षेत्र, नयाँ प्रवधीको बारेमा समेत सीप सिकाइने छ । नयाँ भर्ना हुन चाहने युवाहरुले कोहलपुर नगरपालिका वडा नं.२ मनकामना चोकमा रहेको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।