(नेकपा) प्रचण्ड माधव समूहको बन्दको प्रभाव कोहलपुरमा

पिपलबाेट संवाददाता


नेकपाको प्रचण्ड नेपाल समूहले संसद विघटनको विरोध गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । बिहिबार गरेको आमहडताल बन्दको प्रभाव बाँकेको कोहलपुरमा पनि प¥यो । कोहलपुरमा विहानै देखि बन्द कर्ता सडकमा उत्रिएका थिए । जरुरी कामले यात्रा गर्नुपर्ने सर्वसाधारण, मजदुर, विद्यार्थी लगायतकाहरु बन्दका कारण प्रभावित भएका छन् । उनीहरुले ओली सरकारका विरुद्ध आमहडताल सफल बनाउन नाराबाजी गर्नुका साथै सवारी , पैदलयात्रीका साथै मोटसाइकल र अटोहरुलाई समेत अवरोध गरिरहेका थिए । बाँकेको कोहलपुर स्थिच चौराहामा बन्दको प्रत्यक्ष प्रभाव देखिएको थियो । त्यहाँ बन्द आह्वानकर्ताहरुले विहान टायर बालेका बिरोध गरेका थिए । कोहलपुरको मुख्य सडकहरुमा अटोरिक्सा, मोटरसाइल कमै मात्रामा संचालनमा थिए भने अत्यावश्यकका सवारी साधनहरु गुडिरहेका थिए ।
कोहलपुरमा कोरोना भाइरसका कारण लामो समय बन्दाबन्दीको पीडा खेप्दै आएका कोहलपुरबासीहरु फेरी चिन्तित बनेका छन् । करिब ८ महिना बन्दाबन्दी हुँदा उद्योग व्यवसाय र भाडाँमा संचालन गरिएका व्यवसायीहरुले नराम्ररी थला परे । पछिल्लो समयमा राजनैतिक दलहरुले आमहडतालको नाममा उद्योग, व्यपसायी, शैक्षिक संस्था लगायतलाई निशासा बनाइरहेका छन् ।बिहिबार बन्दका कारण पूर्व पश्चिम राजमार्ग भएर जाने यात्रुहरु अलपत्र परेका थिए । त्यसै हुलमा ८३ वर्षिक लोक बहादुर बुढामगर भेटिए । बुटवल देखी सुर्खेत जाँदै गरेका बुढा बिहान ७ बजे कोहलपुर आइपुगेका थिए । उपचारको क्रममा आएका बुढा सवारी साधन बन्द भएपछी कोहपुरको चौराहमा लौरी समाएर बसेका थिए । बुढा भन्छन् बन्द हडतालले हामी सोझा सिधा जनतालाई दुख हो नेताहरु त मिलिहाल्छन् सबैको अनुहार हेरियो, जनताले कहिल्यै सुख पाएनन् उनी यस्तै भन्दै थिए । बाँकेको कोहलपुर हुँदै प्रदेश नं.६ र प्रदेश नं.७ का यात्रुहरु आफ्ना सामान सहित कोहलपुर चौरायमा साँझ ६ बसेसम्म बस्न बाध्य भएका थिए । कोहलपुर क्षेत्रमा सुरक्षाकर्मीहरु पनि व्यापक रुपमा परिचालन गरिएको थियो । बिहिबार प्रचण्ड नेपाल पक्षले संवैधानिक निकायमा बलमिच्याईका साथ सपथ गरिएको विरोधमा देशभर आमहडताल गरिएको प्रचण्ड नेपालका कार्यकर्ताहरुले बताएका थिए ।
बन्दको प्रभाव ठेला व्यवसायीलाई
कोहलपुरमा लामो समयदेखी दजनौ ठेला व्यवसायीहरुले आफ्नो जिर्पिका धान्नका लागी ठेला व्यवसाय संचालन गर्दै आएका छन् । बिहान बेलुका हातमुख जोर्न कठिन भएका ठेला व्यवसायी संचालन गर्दै आएकी कालिकोट कि रमा कडेललाई पनि समय समयमा भएको बन्दाबन्दीले निकै असर गरेको बताउछिन् । कहिले
कोरोना भाइरसका कारण बन्द हुन्छ कहिले राजनैतिक कारणले बन्द हुन्छ । देशमा बन्द आमहडतालका कारण बिहान बेलुका सामान्य मजदुरी गरेर जिर्पिका चलाइरहेका मजुदुरहरुलाई थप पिडा भएको छ । बिहिबार हुने बन्दका बारेमा कंडेललाई केही थाहा थिएन्
हरेक दिन ठेलामा फलफूल बिक्रि गर्दै आएकी उनी संधाझै मण्डीबाट फलुफुल खरिद गरेर ल्याइन तर बिहिबारको बन्दका कारण मानिसहरुको चलहपहल हुन सकेन आफुले खरिद गरि ल्याएको फलफुल बिक्रि नहुँदा घरखर्च जुटाउन मुस्किल भएको बताइन् । यसरी बिहान कमाउने र साँझ किनबेच गरि जिर्पिका चलाउने कंडेल जस्तै थुप्रै श्रमिकहरु बन्दहडतालले पीडा दिदै आएको छ ।

२३ माघ २०७७ मा प्रकाशित
Nabintech