स्रिमीबाट भरुवा बन्दुक बरामत

पिपलबाेट संवाददाता


ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले स्वीप अपरेशन नामक १५ दिने अभियान शुरू गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईलाका प्रहरीले बिहिवारबार स्वीप अप्रेशन नामक अभियान शुरुवात गरेको हो । समाजमा शान्ती सु–व्यवस्था तथा अमन–चयन कायम गर्न, सडक दुर्घटना, लागू औषध दुर्व्यसनी तथा सामाजिक अनुशासन बिरुद्ध कारवाही गर्ने उद्वेश्यका साथ यस्तो अभियान शुरू गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले बताएको छ । यस कार्यक्रमलाई सफल बनाई सुरक्षित समाज निर्माणार्थ आम नागरिकबाट अपराधको सूचना, समन्यव र सहकार्य हुने रहने प्रहरीको अपेक्षा छ । यसैबीच अप्रेशनको शुरुवाती चरणमा परिचालित भएको ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर नगरपालिका वडा नं. १३ सिम्री गाँउको जंगलको ओडारबाट भरुवा बन्दुक बरामत गरेको हो । सो बन्दुक वन्य जन्तुको शिकार गर्ने अबैध कार्यमा प्रयोग भएको हुन सक्ने आशंका गरिएको छ ।

२३ माघ २०७७ मा प्रकाशित
Nabintech