कोहलपुर हाडवर्यर व्यवसायीको अध्यक्षमा उप्रेती

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर हाडवर्यर व्यवसायी संघको प्रथमसाधारण सभा तथा प्रथम अधिवेशन कोहलपुरमा शनिवार सम्पन्न भएको छ । साधारण सभामा बोल्दै प्रमुख अतिथी समेत रहेका उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले कोहलपुरमा रहेका हाडवर्यर व्यवसायीहरुको एकरुपता हुनुपर्ने र संस्थाको नेतृत्व नै प्रमुख भएकाले नयाँ कार्यसमितीमा चयन हुने पदाधिकारीहरुलाई बधाई समेत व्यक्त गरे । कोहलपुरमा हाडवर्यर व्यवसायीहरुमा निर्माण व्यवसायीहरु ठेकदारहरुले समयमै सामानको पैसा नदिदा व्यवसाय धरासायीमा रहेको र हाडवर्यर व्यवसायीहरुले आफ्नो लक्ष्य तथा कार्ययोजना बनाएर अगाडी बढ्न सुझाब समेत दिए । देशको अर्थतन्त्र नै व्यवसायीहरुले टिकाएकाले राज्यले उद्योगी व्यवसायीहरुलाई पटक पटक धोका दिएको समेत व्यक्त गरे । हाडवर्यर व्यवसायीहरुको साधारण सभा उद्घाटन कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारी, प्रजातान्त्रिक उद्योग वाणिज्य संघ बाँकेका सहसचिव लक्ष्मण राज
पौडेल , प्रजातान्त्रिक उद्योग वाणिज्य संघ कोहलपुरका संयोजक मात्रिका सापकोट, लगायतको सहभागिता रहेको थियो । साधारण सभाको उद्घाटन कार्यक्रम पछि बन्द सत्रमा प्रवेश गरेको उक्त हाडवर्यर व्यवसायीहरुको प्रथम साधारण सभाबाट कुमार उप्रेती अध्यक्ष पदमा चयन भएका छन् त्यस्तै वरिष्ठ उपाध्यक्षमा गणेश कोइराला, उपाध्यक्षमा दिपक आले, सचिवमा लोक बहादुर बुढा सदस्य पदमा श्रीधर घिमिरे, , सहसचिव पदमा रविन बस्नेत ,कोषाअध्यक्ष पदमा चुमानशिह बुढाथोकी सदस्य पदमा श्रीधर घिमिरे, चन्दु भण्डारी,रुपेश विष्ट,सोभाराम यादब,त्रिपुरा बुढाक्षेत्री ,भरत पनेरु,स्याम
कोइराला, अम्बिका आचार्य, प्रेम बहादुर रावल चयन भएका छन् ।

२५ माघ २०७७ मा प्रकाशित
Nabintech