सुजता स्मृती राई फूटवल प्रतियोगिताको आइतबारदेखी कोहलपुरमा शुरु

स्याम विष्ट / बाँके


स्वास्थ्यका लागि खेल,
राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आइतबारदेखी संचालन स्वर्गिय सुजता राई अधिकारी स्मृति फुटबल प्रतियोगिताको बाँकेकोे कोहलपुर वडा नं. २ तेह्र विगाहमा संचालिन भएको छ । प्रतियोगिताको पहिलो दिन रेसिङ्गसाहारा क्लव बि ग्रुप आयोजकले ४–५ गोललेगौरीगंगा १ कैलालीलाई पराजित गरेको छ । उक्त फूटवल प्रतियोगिता बिहिबार एक समारोहका बिच कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत,वडा अध्यक्ष निम बहादुर चलाउने (निरज) उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारी, अखिल नेपाल फूटवल संघका जिल्ला अध्यक्ष भोजराज शाही लगायतले प्रतियोगिताको उद्घघाटन गरेका थिए । प्रतियोगिताले कोहलपुर क्षेत्रमा फूटवल खेलको विकासमा महत्वपुर्ण योगदान गर्ने नगर प्रमुख लुट बहादुर रावतले बताए । साथै कोहलपुर क्षेत्रमा खेलकुदका लागी भौतिक पूर्वाधार निर्माणका लागि आफू सदैव तयारी भएको र योजना बनाएर अगाडी बढेमा निरन्तर साथ दिने प्रतिवद्धता समेत जनाएका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं.१० का अध्यक्ष निम बहादुर चलाउने निरजले पछिल्लो समयमा फूटवल खेल युवाहरुको लागि निकै रुची भएको र खेलकुदका लागि राष्ट्रको लगानी हुनुपर्ने बताए । देशको पहिचान खेलकुद भएकाले कोहलपुर नगरपालिकाले विशेष चासो दिन समेत अनुरोध गरेका थिए । कार्यक्रममा बोल्दै अखिल नेपाल फूटवल संघका जिल्ला अध्यक्ष भोजराज शाहीले कोहलपुर क्षेत्रको खेलकुद विकासका लागि जिल्ला संघको तर्फबाट सदैब सहयोग भइरहेको र आगमी दिनमा हरेक ठाँउमा हुने फूटवल प्रतियोगितामा युवाहरुलाई सक्षम बनाउन आवश्यक रहेको बताए । साथै पूर्वाधारको कमीका कारण खेलक्षेत्रलाई अगाडी बढाउन नसकिएको गुनासो समेत व्यक्त गरेका थिए । आइतबारदेखी फागुन २४ गतेसम्म संचालन हुने प्रतियोगितामा विभिन्न जिल्लाका १४ वटा टिमले प्रतिस्पर्धा गरिरहेको छन । प्रतियोगितमा आयोजक रेसिङ्ग साहाराको ए र बी टिम, लायन्स युथ क्लब सुर्खेत, लर्ड बुद्ध एकेडेमी कौशिलानगर, स्टार एफसी नेपालगञ्ज, कञ्चनजंघा, बाँसगढी बर्दिया, कैलालीको गौरीगंगा ११, कैलालीकै गौरीगंगा १, न्यु डाँफे स्पोर्टस क्लब खजुरा, कोहलपुर स्पोर्टस क्लब, गेरुवा गाउँपालिका बर्दिया, जयकिशन स्पोर्टस क्लब सैनिक र प्रदेश नम्बर ५ को एपीएफ टिम सहभागी रहेका छन् ।

कोहलपुर क्षेत्रकै सबैभन्दा ठुलो राशीको फुटबल प्रतियोगिता यस वर्ष संचालन भएको हो । प्रतियोगिता नकआउटका आधारमा सञ्चालन भएको छ । प्रतियोगितामा विजेताले १ लाख २२ हजार, उपविजेताले ५० हजार रुपैयाँ सहित उपाधि रहेको कोहलपुर रेसिङ्ग साहारा क्लवका अध्यक्ष यज्ञ बहादुर महराले बताए ।
उद्घाटन कार्यक्रममाराजनैतिक दलका प्रमुख तथा प्रतिनिधी , जनप्रतिनिधी,सरकारी कार्यालय का प्रमुख प्रतिनिधी, समाजसेवी,बद्धिजिवी, खेलप्रेमी उद्योगी ,व्यवसायी लगायतको सहभागीता रहेको छ । भने कोहलपुर रेसिङ्ग साहारा क्लवका संस्थापकहरु लाई आयोजकले सम्मान समेत गरेको छ । मुख्य प्रायोजकको रुपमा सनराइज कपी उद्योग नेपालगञ्ज र सहप्रयोजक हुलास खाद्य उद्योग प्रालि रहेका छन् ।

२६ माघ २०७७ मा प्रकाशित
Nabintech