बाँकेको कोहलपुरमा २०६८ सालमा स्थापना भएको कोहलपुर रेसिङ्ग साहारा क्लवले हरेक वर्ष खेलकुलका गतिविधीहरु संचालन गर्दै आइरहेको छ । जिल्ला देखी क्षेत्र हुँदै केन्द्र स्तरमा भएका खेलकुदमा प्रत्येक्ष रुपमा सहभागी भई विभिन्न उपाधी जित हासिल गर्न सफल भएको छ । क्लवको आयोजनामा कोहलपुरमा विभिन्न फरक फरक खालका खेलकुद प्रतियोगिता संचालन गर्दै आइरहेको यस वर्ष पनी कोहलपुर रेसिङ्ग साहारा क्लवले सुजता स्मृती राई फूटवल प्रतियोगिता आइतबार देखि संचालनमा ल्याएको छ । खेल क्षेत्रमा युवाहरुको आकर्षण दक्ष खेलाडी उत्पादन गर्ने कार्यमा निरन्तर लागि परेको कोहलपुर रेसिङ्ग साहारा क्लवले के कस्ता गतिविधीहरु संचालन गरिरहेको यस विषयमा पीपलबोट दैनिकका रिर्पोटर स्याम विष्टले कोहलपुर रेसिङ् साहारा क्लवका अध्यक्ष यज्ञ बहादुर महरा संग गरिएको संक्षिप्त कुराकानी :
तपाईको परिचय ?
नमस्कार म यज्ञ बहादुर महरा कोहलपुर रेसिङ्ग साहारा क्लवको अध्यक्ष पदमा रहेर जिम्मेवारी बहन गरिरहेको छ ।
कोहलपुर रेसिङ् साहारा क्लवको पृष्ठभुमीका बारेमा बताइदिनुहोस् न ?
२०६८ सालमा स्थापना भएको नवयुवा प्रतिभा युवा क्लव रहेको थियो पुन नाम परिवर्तन गरी कोहलपुर रेसिङ्ग साहारा क्ल्व परिवर्तन गरिएको छ । त्यतिबेला संस्थापक अध्यक्ष दिपक मल्लले र पछि युवराज शाही रहनुभएको थियो । त्यसपछी अंगल मल्लले जिम्मेवारी समाल्नुभएको थियो । र हाल ३ कार्यकाल अध्यक्षको पदमा रहेर काम गरिरहेको छु । कोहलपुर क्षेत्रका युवाहरुलाई खेलक्षेत्रमा प्रत्येक्ष सहभागी गराई खेलक्षेत्रमा उनीहरुको क्षमतालाई अगाडी बढाउने कार्यलाई तिव्रता दि¥यौँ । यस संस्थामा संस्थापक अध्यक्ष देखी हाल क्लवमा रहेका पदाधिकारीहरुको जिम्मेवारी र दायित्व उतिकै महत्वपूर्ण योगदान रहेको छ र संस्थापक पदाधिकारीहरु प्रति हामी सधै ऋणी नै छौँ ।
कोहलपुर रेसिङ्ग साहारा क्लवले हरेक खेलकुदका कार्यक्रमहरुमा सहभागिता जनाएको हुन्छ आर्थिक व्यवस्थापन कसरी गर्नुहुन्छ ?
प्रश्नका लागि धन्यवाद कोहलपुर रेसिङ्ग साहारा क्लवले स्थापना कालदेखी नै स्थानिय स्तर हुँदै क्षेत्र र राष्ट्रिय स्तरमा समेत आफ्नो क्षमता देखाइसकेको छ । क्लवमा रहेका खेलाडीहरु मेहनेत र परिश्रमका कारण हामी यहाँ सम्म आइपुगेका छौँ । हरेक खेलकुदका कार्यक्रममा आर्थिक विषय नै जोडिन्छ् । व्यवस्थापन गर्न निकै चुनौती नै छ कतिपय खेलकुदका कार्यक्रममा खेलाडीहरुले आफैले व्यहोनुपरेको स्थिती पनी छ । जिम्मेवारी पदमा बसेपनी यी सबै चुनौतीहरु हामीसंग आउछन् तर हामीले सहजै समधान गर्ने प्रयास गरेका छौँ । हाम्रो आर्थिक आम्दानीको पाटो भने केही छैन् । सहयोगहरु जटाएर नै खेल क्षेत्रलाई जोगाउनु परेको छ । यो हाम्रो बाध्यता रहेको छ ।
यस वर्ष तपाईहरु कोहलपुरमा फूटवल प्रतियोगिता संचालन गर्दै हुनुहुन्छ समग्रमा कस्तो भएको खेलकुद कार्यक्रम ?
हरेक वर्ष कोहलपुर रेसिङ्ग साहारा क्लवले फरक फरक खालका खेलकुदका कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस वर्ष हामीले सुजता राई स्मृती फूटवल प्रतियोगिता गर्ने निर्णय गरेका थियौँ । जसको प्रथम पुरस्कार सुजता राई स्मृतीले नै प्रदान गर्ने रहेको छ । र अन्य पुरस्कारको लागि विभिन्न सहयोगीद्धाताहरुले सहयोग गर्नुभएको छ । हामीलाई प्रयोजकको तर्फबाट सनराइज कपी उद्योग नेपालगञ्ज रहेको छ भने सहप्रयोजक हुलास खाद्य उद्योग प्रालि रहेको छ । अन्य सम्पूर्ण उद्योगी, व्यापारी ,शिक्षक,कर्मचारी, स्थानियबासी समाजसेवी, सरकारी तथा गैरसरकारी कार्यालयहरुले पनी सक्दो सहयोग गर्नुभएको छ । त्यही सहयोगबाट नै खेलकुद कार्यक्रमलाई सफल बनाउदैछौँ ।
कोहलपुरका खेलक्षेत्रमा आवद्ध खेलाडीहरुलाई सक्षम र राष्ट्रमा चिनाउनका लागि के गर्नुपर्छ जस्तो लाग्छ तपाईलाई ?
खेलकुद क्षेत्र राष्ट्रको गहना हो । पहिले पहिले खेलक्षेत्रलाई हेर्ने नजर त्यती राम्रो थिएन् । बिस्तारै खेलक्षेत्रमा खेलाडीहरुको सम्मान राष्ट्रका निम्ती एउटा खेलाडीले गरेको योगदानको कदर हुँदै आ¥यो । खेलाडीहरुको आर्थिक सुधारमा केही टेवा पुग्न थाल्यो अहिले पछिल्लो पुस्ता खेलक्षेत्रमा निकै आकर्षण रहेको छ । विशेषगरी खेलक्षेत्रमा आवद्ध भएका सम्पूर्ण खेलाडीहरुलाई राष्ट्रले एउटा निति नियम र सम्पूर्ण सहयोग गर्नुपर्ने देखिन्छ । तर त्यो अवस्था अझै पूर्ण नभइसकेको अवस्था छ । राज्यले नै यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ तब मात्र खेलाडीहरुको मनोभावना अझै बढेर जान्छ र आफ्नो देशको लागि खेलक्षेत्रबाट केही गर्नुपर्छ भन्ने भावना जागेर आउछ । र राष्ट्र निर्माणमा समेत यसले टेवा पु¥याउछ ।
आगामी दिनमा तपाईहरुको रणनिती योजना के छ ?
आगामी दिनमा स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ खेलकुद क्षेत्रका हरेक कार्यक्रम आयोजना गर्दै जाने लक्ष्य लिएका छौँ । हरेक ४ महिनाको अन्तरालमा खेलकुदका कार्यक्रमको आयोजना गर्ने खेलाडीलाई प्रशिक्षण तालिम जस्ता महत्वपूर्ण विषयहरु लाई कार्ययोजना बनाएका छौँ । जिल्ला खेलकुद संघ संग समन्वय गरी विभिन्न कार्यक्रमहरु गर्ने योजना बनाएका
छौँ ।
हाल तपाईहरुले संचालन गरिरहेको फूटवल प्रतियोगिता २०७७ मा स्थानिय तहबाट कतिको सहयोग पाउनुभएको छ ?
आइतबार देखी संचालन भइरहेको फूटवल प्रतियोगितका लागि स्थानिय निकायबाट हामीले सोचेभन्दा पनि सन्तोषजनक आशा पाएका छौँ । स्थानिय तह कोहलपुर नगरपालिकाले खेलक्षेत्रका लागी आवश्यक भौतिक पूर्वाधार निर्माण लगायत अन्य सहयोगहरु गर्ने प्रतिवद्धता जनप्रतिनिधी पदाधिकारीहरुले जनाउनुभएको छ । आगामी दिनमा स्थानिय तहका जनप्रतिनिधीहरुले हाम्रो लागी नभएर खेल क्षेत्रलाई राज्यमै पहिचान गराउनका लागि उहाँहरुको विशेष महत्व रहनेछ । त्यसका लागि कोहलपुर रेसिङ्ग साहारा क्लव समन्वयका लागि अगाडी बढ्नेछ ।
खेल क्षेत्र दिगोपना नभएका कारण कतिपय खेलाडीहरु लोभ हुन परेको अवस्था यस विषयमा तपाईको धारणा के छ?
प्रश्नका लागि फेरी पनि धन्यवाद खेलकुदमा आवद्ध भएका खेलाडीहरुको समस्या र खेलाडीलाई आवश्यक पर्ने सम्र्पूण सामग्रीहरु नहुँदा र अवसर नपाउदा पनी कतिपय खेलाडीहरु लोभ भएका छन् । वर्षमा थुप्रै खेलकुदका प्रतिस्पर्धाका कार्यक्रमहरु हुन जरुरी छ । यहाँ यो बानी बसिसकेको अझैँ छैन् । तर कतिपय खेलाडीहरु आफ्नो कडा मेहनेत आफ्नै लगानीमा पनी अगाडी बढिरहेका छन् । आगामी दिनमा स्थानिय तहले पनी निती तथा कार्यक्रमको योजना बनाएर अगाडी बढनुपर्ने देखिन्छ ।
अन्तमा तपाइको केही भन्नु छ ?
अन्तमा हामी कोहलपुर रेसिङ्ग साहारा क्लव युवाहरुले हरेक वर्ष आफ्ना खेलकुदका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यस वर्ष पनी हामीले फूटवल प्रतियोगिताको आयोजना ग¥यौँ । आगामी वर्षमा पनी खेलकुदका कार्यक्रमहरुलाई निरन्तरता दिने छौँ । फागुन ४ गतेसम्म आयोजना गरिएको सुजता स्मृती फूटवल प्रतियोगिताको प्रत्येक्ष अवलोकन गरिदिनुहोला । फूटवल प्रतियोगिता सम्पन्न गर्नका लागि प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण महानुभावहरु प्रति हामी ऋणी छौँ । यहाँहरुको सहयोग सर्दभाव सबै रहीरहनेछ । खेलक्षेत्रलाई सुधार गर्दै कोहलपुर क्षेत्रका युवाहरुलाई
राष्ट्रमै चिनाउने हाम्रो कार्य निरन्तर जारी रहनेछ र अन्तमा पीपलबोट दैनिकले कोहलपुर रेसिङ्ग साहारा क्लवको बारेमा खेलक्षेत्रको बारेमा मेरा बिचारहरु राख्ने अवसर दिनुभएकोमा तपाईलाई पनी धन्यवाद ।