राप्तीसोनारीको आठौँ गाँउसभा सम्पन्न

स्याम विष्ट / बाँके


बाँकेको राप्तीसोनारी गाँउपालिको बुधबार आठौँ गाउसभा सम्पन्न भएको छ । पुष २४ गतेदेखी सुरु भएको राप्तीसोनारी गाँउपालिकाको गाँउसभा २७ गते मंगलबार सम्पन्न भएको हो । आठौँ गाँउसभामा राप्तीसोनारी गाँउपालिका विद्येयक समितीका संयोजक गंगाराम थारुले गाँउसभामा पेश गरेका स्थानिय विद्येयक २०७७, स्थानिय स्वास्थ्य सरसफाई विद्येयक २०७७, औद्योगिक व्यवसाय प्रबद्र्धन विद्येयक २०७७ , विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन विद्येयक २०७७ र तथ्याङ्क तथा अभिलेख व्यवस्थापन विद्येयक २०७७ , कृषि विकास सम्वन्धी व्यवस्थापक विद्येयक लगायत ९ वटा विद्येयकहरु संशोधन सहित गाँउसभाबाट पारित भएका छन् । त्यस्तै गाँउसभाले राप्तीसोनारी गाँउपालिकाले अन्य शिर्षकहरुमा बजेट रकामान्तरण गरेको छ । राप्तीसोनारी गाँउपालिकाले निति तथा कार्यक्रम तयर गरिएको बजेटमा बजेट अपुगका कारण योजना सम्पन्न गर्नका लागि बजेट रकमान्तर गर्नुपरेको गाँउपालिका अध्यक्ष लाहुराम थारु बताउछन् ।

२८ माघ २०७७ मा प्रकाशित
Nabintech