मन्त्री चौधरीद्धारा जटायु रिसाईक्लर्स प्रा. लि.को अनुगमन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको जटायु रिसाईक्लर्स प्रा. लि. को अनुगमन गरिएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री बैजनाथ चौधरी र कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले जटायु रिसाईक्लर्स प्रा. लि.को स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री चौधरीले जटायु रिसाईक्लर्स प्रा. लि.ले उचित रुपमा फोहोर व्यवस्थापन गरे अन्य नगरपालिकाले यसको अनुसरण गर्ने बताएका छन् । साथै उनले फोहोर व्यवस्थापनका लागि प्रा.लि.लाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । अनुगमनकै क्रममा कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिका भित्रको सम्पूर्ण फोहोर ल्याएर प्रशोधन गरिने बताएका छन् । जटायु रिसाईक्लर्स प्रा. लि.का संचालक सतिश केसीले कोहलपुर नगरपालिकाले दुई करोड बजेट उपलब्ध गराएको र बाँकी बजेट प्रा.लि.ले नै व्यवस्थापन गरि काम अगाडि बढाईरहेको बताएका छन् ।

२८ माघ २०७७ मा प्रकाशित
Nabintech