बैतडीको दोगडाकेदार गाउँपालिका–७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आत्माको चिरशान्तिको लागि कोहलपुर जेसीजले दिप प्रज्वलन गरेको छ । बलात्कारपछि हत्या गरिएकी भट्टको दोषिलाई तत्काल कारवाही गर्नका लागि कोहलपुर जेसीज वर्ष २०२१ र कोहलपुर जुनियर जेसीज वर्ष २०२१ ले माग समेत गरेका छन् । कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद पाण्डेले बलात्कारपछि हत्या गरिएकी भट्टको आत्माको चिरशान्तिको कामना गर्दै घटनामा संलग्नलाई तत्काल प्रक्राउ गरी कारवाही गर्न माग समेत गरेका छन् ।
२८ माघ २०७७ मा प्रकाशित