कोहलपुर काँग्रेसद्धारा एक दिने प्रशिक्षण

पिपलबाेट संवाददाता


नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेसका महिलाहरुलाई लक्षित गर्दै एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरी संविधान माथि ‘कु’ गरेको बताउँदै काँग्रेस अब सशक्त हुनुपर्ने बेला आएको बताएकी छिन् । साथै उनले संविधानले नै राज्यका प्रत्येक निकायमा महिलालाई ३३ प्रतिशत अधिकार दिएको बताउँदै काँग्रेसले महिलाहरुलाई रहेक क्षेत्रमा सक्रिय बनाउने अभियान लिएका बताएकी छिन् । साथै उनले देशको विकास र समृद्धिका लागि काँग्रेसले नेतृत्व गर्ने बताउँदै गाउँ–गाउँमा अब काँग्रेसका महिलाहरु सक्रिय हुनुपर्ने बताईन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाँकेकी पार्टी सभापति किरण कोइरालाले लामो संघर्ष र बलिदानीबाट नेपालमा अहिले व्यवस्था आएकाले अब काँग्रेसले लोकतन्त्रीक शासन व्यवस्था बचाउनका लागि लड्नुपर्ने बेला आएको बताएकी छिन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिका सभापति बलराम शर्माले देशको वर्तमान अवस्था, काँग्रेसले आत्मासाथ गरे व्यवस्था र भावि रणनीतिका बारेमा प्रशिक्षण दिईएको बताएका छन् । सो प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस कोहलपुर क्षेत्रमा क्रियाशिल महिला नेतृहरुको सहभागिता रहेको थियो ।

२९ माघ २०७७ मा प्रकाशित
Nabintech