प्रजातान्त्रिक उद्योगी व्यवसायीको प्यानलबाट उम्मेदवारी टुङ्गो लाग्यो

स्याम विष्ट / बाँके


कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनको लागि २०७७ फागुन २७ गते गर्नेतयारी गरिरहेको छ ।उद्योग वाणिज्य संघको चुनावी माहोल विस्तारै तातिदै गएको छ । प्रजातान्त्रिक उद्योगी व्यवसायी प्यालनबाट अध्यक्ष पदका लागि लक्ष्मणराज पौडेल लाई अगाडी सारेको छ । उद्योग वाणिज्य संघको ९ औँ अधिवेशनका लागि प्रजातान्त्रिक उद्योगी व्यवसायी प्यानलबाट ३ वटा पदहरु बाँकी राखेर बाँकी सबै पदहरुको उम्मेदवारी बिहिबार बैठकले टुङ्गो लगाएको छ । अध्यक्ष पदका लागी
फो–स्टार्सका प्रो प्राईटर लक्ष्मण राज पौडेल, वरिष्ट उपाध्यक्ष पदका लागी होटल पप लाइपका प्रो.प्रदिप भट्टराई, उद्योग उपाध्यक्षका लागि गैरे अपसेट प्रेसका चण्डी प्रसाद गैर, वाणिज्य उपाध्यक्ष तर्फको पदका लागिद–फेन्सी स्टोर्सका प्रो प्राईटर संगिता सुवेदी , महासचिव पदका लागि संजिता मोटर्स पार्टसका प्र्रो.प्राईटर मात्रिका सापकोटा, उप महासचिव पदका लागि दिप मोवाइल सेन्टरका प्रो. दिपक बहादुर भण्डारी,कोषाअध्यक्ष पदका लागि होटल सिटी प्लाजाका प्रो. सिता कार्की, सहकोषाध्यक्ष पदका लागि जटायू रिसाईक्लर्स प्रा.लिका प्रोपाईटर हरिशरण केसी, महिला सदस्य पदका लागि जय उज्वल फेन्सी पसलकी प्रो.प्राईटर पवित्रा ढकाल, खुल्ला महिला सदस्यमा शाही मिष्ठान भण्डारकी प्रोप्राइटर शर्मिला मल्ल, त्यसैगरी खुल्ला सदस्य पदका लागि महालक्ष्मी सप्लार्यसका प्रो.प्राईटर राकेश विष्ट , निशा जनरल स्टोर्सका भुमिराज कंडेल, मनकामना स्ट्रोस एण्ड फ्रेस हाउसका प्रोपाईटर तेज बहादुर अधिकारी, न्यू सल्यानी भाँडा पसलका प्रोपाईटर होम बहादुर रावत , बाँके बिन्ध्याबासिनी सेकुरेटी एण्ड म्यान पावर प्लेसमेन्ट प्रा.लिका प्रोपाईटर यादब राज बस्याल ,लालीगुराँस पोल्टी हवका संचालक यज्ञ प्रसाद सुवेदी , अनुदिप सप्लार्यस तथा कोहलपुर फिटनेशका संचालक दिपक वलीको उम्मेदवारी टुङ्गो लागेको हो । बाँकी ३ पदको उम्मेदारको छनोट केही दिनमा टुङ्गो लाग्ने नेपाली कांग्रेस कोहलपुरका नगर सचिव भूम बहादुर भण्डारीले जानकारी दिए । एशोसियट सदस्य तर्फ दिप नारायण श्रेष्ठ, विशिष्ट सदस्य भरत खत्री सर्वसहमतबाट उम्मेदवारी छनोट भएका छन् । हरेक ३ वर्षको १ पटक हुने उक्त उद्योग वाणिज्य संघको नयाँ कार्यसमितीका लागि हुने सबै उम्मेदवारी सर्वसहमतबाट छनोट गरिएको छ । उम्मेदवारी छनोट पछि एकमत भएर चुनावी मैदानमा जाने प्रजातान्त्रिक उद्योगी व्यवसायीहरु समूहका अध्यक्ष पदका उम्मेदवार लक्ष्मणराज पौडेल बताउछन् । समयमै उम्मेदवारीको टुङ्गो लागेपछी चुनावी मैदानमा जानका लागि सहज बातावरण भएको र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराई बताउँछन् ।
त्यस्तै महासचिव पदका उम्मेदवार मात्रिका सापकोटाका अनुसार उद्योग वाणिज्य संघको ९ औँ अधिवेशनमा कुशल तथा सक्षम नेतृत्वको आवश्यक भएकोले सम्र्पूण उद्योगी व्यापारीहरुले सहयोग गर्नअनुरोध गरेका छन् । उता कोहलपुर उद्योग वाणिज्य संघको निर्विरोध रुपमा उम्मेदवारी टुङ्गो लागेकाले नेपाली कांग्रेस कोहलपुरले सम्पूर्ण उम्मेदवारी लाई सफलताको शुभकामना व्यक्त गरेको छ । कोहलपुर क्षेत्रमा आवद्ध भएका सम्पूर्ण उद्योगी व्यवसायीहरुको हकहित र नयाँ कार्यदिशाबाट संघलाई अगाडी बढाउनका लागि युवापुस्ता हरुको उम्मेदवार रहने उप महासचिवका पदका उम्मेदवार दिपक बहादुर भण्डारी बताउँछन् । कोषाअध्यक्ष जस्तो जिम्मेवारी पदमा महिलाहरुको उपस्थितीले महत्वपूर्ण भुमिका खेल्ने भएकाले समग्र कोहपुर क्षेत्रमा उद्योगी व्यवसायीहरुको हितका लागि निर्वाचनमा होमिएको कोषाध्यक्ष पदकी उम्मेदवार सिता कार्की बताउछिन् ।

३० माघ २०७७ मा प्रकाशित
Nabintech