शर्माको बिदाई खाँणको स्वागत

स्याम विष्ट / बाँके


बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका श्रीमेहर गणका प्रमुख सेनानी ( कर्नेल) जीवन शर्मा, लाई बिदाई गरिएको छ ।राप्तीसोनारी गाँउपालिका वडा नं. ८ ओभरीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कर्नेल शर्माको बिदाई गरिएको छ भने श्रीमेहर गणमा सरुवा भई आएका प्रमुख सेनानी मिलन ध्वज खाणलाई स्वागत गरिएको हो । स्वागत तथा बिदाई कार्यक्रमको समारोहमा बोल्दै राप्तीसोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारुले कर्नेल शर्माको बाँके राष्ट्रिय निकुञ्जको बसाईले यहाँका नागरिकहरु संग भएको मित्रव्यापी समधुर सम्वन्धको प्रशंसा गरेका थिए । साथै स्थानिय तहसंग आफ्नो बसाईमा समन्वयकारी भुमिका निर्वाह गरेको समेत बताए । अध्यक्ष थारुले आगामी दिनमा थप कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै राप्तीसोनारी गाँउपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले मिलन बिछोड प्रकृतिको चक्र भएकाले जो जहाँ कार्यक्षत्रमा खटिएपनी देश र जनताको रक्षाका निम्ती नेपाली सेनाले महत्वपूर्ण कार्य गदैै आएको र आगामी दिनमा त्यसको निरन्तरता को लागि अनुरोध गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै राप्तीसोनारी गाँउपालिका वडा नं. ८ का वडा अध्यक्ष एवं राप्तीसोनारी गाँउपालिका प्रवक्ता खुम बहादुर बस्नेतले राप्ती सोनारी ८ ओभरी स्थित सर्प दंश उपचार केन्द्रमा २४सै घन्टा उपचार सेवामा नेपाली सेनाको श्री श्रीमेहर गणले उल्लेखनीय योगदान पु¥याएको र सर्पको टोकाईबाट मानिसको ज्यान बचाउने कार्यमा महत्वपूर्ण योगदान पु¥याएकाले नेपाली सेनाको कार्य महान भएको बताए । साथै शर्माले राप्तीसोनारीको बसाईमा गरेको महत्वपूर्ण कामहरु सधैँ ज्वलन्त उदाहरणका रुपमा रहने बताए । स्वागत तथा बिदाई कार्यक्रममा बोल्दै कर्नेल शर्माले बाँके राष्ट्रिय निकुञ्जको छोटो बसाईमा राप्तीसोनारीका जनप्रतिनिधीहरुको महत्वपूर्ण सहयोग रहेको र देश र जनताको सेवा गर्ने क्रममा बाँकेको बसाई अति महत्वपूर्ण र सधैँ स्मरणीय रहने बताए । त्यस्तै भर्खरै सरुवा भइ आएका सेनानी खाँडले नेपाली सेनाले आफ्नो जिम्मेवारी ,कर्तव्य देश र जनताको रक्षाका लागि सधैव तयाररहेको र सबै संगको सहकार्यमा आफ्ना कार्यहरु गर्ने बताएका छन् ।अधिकृत सेनानी (मेजर ) बेद प्रसाद खडका तथा सर्प दन्स उपचारमा खटिएको टिमले पु¥याएको योग्दानको उच्च मुल्यांकन गर्दै राप्तीसोनारी गाँउपालिका वडा नं. ८ ले सम्मान कार्यक्रम सहित बिदाई र स्वागत गरेको हो । उक्त कार्यक्रममा समाजसेवी, राजनैतिक दल,नागरिक समाज जनप्रतिनिधी, लगायतको सहभागीता रहेको थियो ।

३० माघ २०७७ मा प्रकाशित
Nabintech