एपिएफ र न्यू डाँफे सेमिफाईनमा प्रवेश


बाँकेको कोहलपुरमा जारी स्वर्गीय सुजाता राई अधिकारी स्मृति फुटबल प्रतियोगितामा दुई वटा टिम सेमिफाईनमा प्रवेश गरेका छन् ।कोहलपुरमा बिहीबार सम्पन्न भएको प्रतियोगिताबाट एपिएफ पाँच नम्बर प्रदेश र न्यू डाँफे खजुरा सेमिफाईनमा प्रवेश गरेका छन् । प्रयितोगिताको पाँचौं दिनको पहिलोखेलमा गेरुवा गाउँपालिका बर्दियालाई १–०ले पराजित गर्दै एपिएफ पाँच नम्बर प्रदेश सेमिफाइनमा प्रवेश गेकोछ ।कोहलपुर स्थित तेह्र विगाह मैदानमा बिहीबार सम्पन्न भएको पहिलो खेलमा एपिएफ पाँच नम्बर प्रदेशले पहिलो हाफको ३५ मिनेटमा बिमल चौधरीले गरेको गोल नै निर्णायक बनेको छ । यो जीत सँगै एपिएफ पाँच नम्बर प्रदेश सेमिफाईनमा प्रवेश गरेको छ ।त्यस्तै बिहीबार सम्पन्न भएको दोस्रो खेललमा न्यू डाँफे खजुराले आयोजक रेसिङ्ग शाहारा क्लब कोहलपुरलाई२–०ले हराउँदै न्यू डाँफे मेमिफाईनमा प्रवेश गरेको छ । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख २२ हजार पुरस्कार राशि रहेको छ भने दोस्रो हुनेलाई ५१ हजार पुरस्कार राशि रहेको कोहलपुर रेसिङ्ग शाहारा क्लबका अध्यक्ष यज्ञ बहादुर महराले बताए ।

३० माघ २०७७ मा प्रकाशित
Nabintech