कस्तुरीको बिना र जंगली जनावरको दाँत सहित ५ जना मानिस पक्राउ

पिपलबाेट संवाददाता


बाँके प्रहरीले बिहिबार कस्तुरीको बिना र जंगली जनावरको दाँत सहित ५ जनालाई प्रक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका वाड नं.१ स्थित लौटन थारुको घर कोठामा अवैध बन्य जन्तुको खरिद बिक्रि भई रहेको अवस्थामा बाँकेबाट खटिएको प्रहरी टोलीले घर कोठामा रहेका लौटन थारु, पार्वति थापा, कमल परियार, रामशरण थारु, र धनराज थापालाई कस्तुरिको बिना जस्तो पदार्थ र जंगली जनावरको दाँत बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला वन कार्यालय नेपालगंज बाँकेमा पठाएको छ । पछिल्लो समयमा अवैद्य बन्यजन्तुको सिकार र खरिद बिक्रीका घटनाहरु बढ्दै गइरहेका छन् ।

३० माघ २०७७ मा प्रकाशित
Nabintech