तुलसीपुर उवासंघको मतदान सकियो : १६५९ मत खस्यो

पिपलबाेट संवाददाता


तुलसीपुर ,१ फागुन ।
तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकालागि भएको मतदान कार्य सकिएको छ ।

विहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजेसम्म नसकिएपछि डेढ घण्टा समय थप गरि साढे ५ बजेसम्म मतदान कार्य भएको थियो । तर, त्यो समय पनि प्रयाप्त नभएपछि करिब साढे ६ बजेसम्म मतदान कार्य भएको थियो ।

 

जसमा १६५९ ले मतदान गरेका छन् । संघमा एकहजार ८ सय ६ जना मतदाता रहेका थिए । जसमा १ सय ४५ जनाले मतदान नगरेको निर्वाचन समितिका सदस्य रामशरण चौधरीले बताए ।

उवासंघमा २७ पदकालागि ४१ जना उम्मेदवार सहभागि थिए ।

१ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech