गुरिल्ला म्याराथनसँगै रुकुममा मनाइयो जनयुद्ध दिवस

पिपलबाेट संवाददाता


रुकुम । रुकुम पश्चिममा २६ औ जनयुद्ध दिवस विविध कार्यक्रम गर्दै मनाइएको छ । प्रभातफेरी, अन्तरक्रिया, सास्कृतिक र म्याराथन दौड आयोजना गरि मनाइएको हो ।

जनयुद्ध दिवस मनाउन गृहजिल्ला पुगेका पूर्वगृहमन्त्री जनार्दन शर्माले जनयुद्धको बलमा अहिलेको गणतन्त्र, संघियता र नया संविधान प्राप्ति भएको भन्दै केपि ओलीका कारण धरापमा परेको बताए ।

जनताको त्याग र बलिदानले ल्यायको उपलब्धि केपी ओलीले धरापमा पार्न खोजेकोले यो अधिकार ओलीलाई नभएको बताए । संविधान रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए ।

यस्तै सानिभेरी गाउपालिकाले जनयुद्ध झल्काउने गरि संचालन गरेको चौथो खुल्ला गुरिल्ला म्याराथन प्रतियोगितामा रुकुम पश्चिमका अर्जुन बस्नेतले हात पारेका छ्न् ।

No description available.
उनले निर्धारित ४६ किलोमिटर ४ घन्टा ३० मिनेटमा पूरा गरेका हुन् । त्यस्तै सोलुखुम्बुका सुमन कुलुङ दोश्रो र रुकुमका रत्नबहादुर ओली तेस्रो भएका थिए । पुरुष तर्फको म्याराथनमा प्रथम, दृतिय र तेसो हुनेहरुले क्रमशः ८० हजार, ५५ हजार र ३५ हजारसहित मेडल र प्रमाणपत्र पाए ।

त्यस्तै महिलातर्फको म्याराथनमा प्युठानकी हुमि बुढाले हात पारेकी छन् । उनले निर्धारित ३४ किलोमीटर दुरि ३ घन्टा १४ मिनेटमा पूरा गरेकी हुन् । बर्दियाकी कल्पना थारु दोश्रो र रुकुमकै रुपा नकाल तेस्रो भइन् । त्यस्तै महिला तर्फको म्याराथन धावकहरुले क्रमश ५५ हजार ४० हजार र २० हजार सहित प्रमाणपत्र र मेडल पाए ।

No description available.

१ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech