सेनेटरी प्याडको व्यबस्था भएपछी किशोरीहरुको बिद्यालय छाड्ने क्रम रोकिने आशा

पिपलबाेट संवाददाता


राप्तीसोनारीगाँउपालिकाले माध्यमिक विद्यालयमा अध्ययरत किशोरीहरुलाई बिद्यालयमा नै सेनेटरी प्याडको व्यबस्था गरेपछि किशोरीहरुको बिद्यालय छाड्ने क्रम रोकिएको छ ।राप्तीसोनारी गाँउपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेका अनुसार गाँउपालिका का सबै सामुदायिक बिद्यालयमा यो अभ्यास विगत वर्षदेखी नै सुरुवात गरिएको हो । यस्तो सुरुवातले सकारात्मक प्रभाव परेको उनले शाखा प्रमुख न्यौपानेले बताए । ‘सेनेटरी प्याड बिद्यालयमा नै उपलव्ध हुन थाले पछि विद्यालयमा छात्राहरुको उपस्थिती राम्रो रहेको छ’ ,उनले भने । साथै छात्राहरुको संख्या र विद्यालयले मागको आधारमा सेनेटरी प्याठ उपलव्ध गराइएको समेत बताए ।‘सेनटरी प्याड व्यबस्था भएका बिद्यालयमा अध्ययनरत छात्राहरु बिद्यालयमा नै महिनावारी भएमा कुनै धक विना नै बिद्यालय प्रशासनमा गएर प्याड माग्छन् र यसको प्रयोग गर्ने गर्दछन् ।’

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय अगैयामा कार्यरत शिक्षिका मिरा थापाले भनिन् , ‘महिनावारी महिलाको प्राकृतिक कुरा हो, प्याड माग्नका लागि छात्राहरुमा कुनै संकोच मान्दैनन् ।’ शिक्षिका थापाका अनुसार बिद्यालयमा प्याड परिबर्तन गर्न पनि बिद्यालयमा व्यबस्था गरिएको छ । यस वर्षदेखी गाँउपालिकाको सहयोगमा छात्रालाई महिनावारी हुँदा प्याड दिने व्यवस्था गरिएको हो ।शिक्षिका थापाले भनिन ‘त्यसअघि यस्ता कुरा थाहै पाईदैनथ्यो । कसलाई कतिवेला महिनावारी भयो, भनेर सोध्ने कुरा पनि हुदैन थियो, महिना वारीलाई समाजमा एउटा लाजको विषय मानेका कारण पनि महिलाले बिभेद व्यहोर्नु परेको हो । तर यस बिद्यालय सेवा क्षेत्र भित्र धेरै सहज भएको छ ।’ छात्राहरुमा १३ वर्षको उमेर देखि महिनावारी शुरु हुन्छ, महिनावारी भएको समयमा कसैलाई लामो समय सम्म पेट दुख्ने हुँदा आरामको जरुरी हुन्छ । ‘बिद्यालयमा सेनेटरी प्याडको व्यबस्था नहुँदा हरेक महिना कम्तीमा ३ देखि ५ दिन छात्राहरु अनुपस्थित हुने गर्दथे ’, नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक ओम प्रकाश थापाका अनुसार यस वर्षदेखी विद्यायलमा अध्यनरत किशोरीहरुको समस्यालाई मध्यनजर गर्दै सेनेटरी प्याडको व्यवस्था गरिएकोले विद्यार्थीहरुको कक्षा छाड्नेदरमा कमी आउने विश्वास व्यक्त गरे । राप्तीसोनारी गाँउपालिका भित्र रहेका ५४ वटा सामुदायिक विद्यालयहरुमा किशोरीहरुलाई सेनेटरी प्याडको व्यवस्था मिलाइएको राप्तीसोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारु बताउछन् । संघिय सरकारबाट आएको शर्सत अनुदाबाट उक्त बजेट बियोजित गरिएको थियो । राप्तीसोनारी गाँउपालिका भित्र रहेका सामुदायिक बिद्यालय बालक्लव समेत रहेका छन् । बिद्यालयमा, समाजमा र स्थानीय तहमा उनीहरुले निरन्तर खबरदारी
गर्छन् ।

बिद्यालयमा बालक्लबकै कारण सेनटरी प्याड लगायतको व्यबस्था हुन सकेको हो । गणेश माध्यामिक विद्यालय ढकेरीकी मनिषा वलीका अनुसार बाल क्लबका कारण बाल अधिकार स्थापित भएको दावी गरिन् । ‘पहिलेको तुलनामा अहिले धेरै सहज भएको छ । पहिले विद्यालयमा सरसफाई सामाग्री,प्याड, तथा चेन्जीङ रुम थिएन । यसबाट खास गरेर किशोरीहरुमा विद्यालय छोड्नुपर्ने वाध्यता थियो । आगामी दिनमा त्यो समस्या टरेर जाने बताइन्,’ उनको थप भनाई थियो ,‘महिनावारी सबै किशोरी हुन्छ । यो समस्या नभएर प्राकृतिक कारण हो । हाम्रो समस्यालाई बिद्यालयका शिक्षक र शिक्षिका र अभिभावकहरुले बुझनु भएको छ ।’ ‘महिनावारी हुने समय थाहा हुदैन, पहिले विद्यालयमा प्याडको व्यवस्था नहुदा कहिले विद्यालय जाने क्रममा वाटोमै महिनावारी हुन्थ्यो, त्यो वेला छात्राहरु विद्यालय नगएर घर फर्किन्थे । शिक्षक शिक्षिकाहरुलाई भन्न पनी सकिदैन थियो, यसकारण पढाई प्रभावित त हून्थ्यो । सजाय समेत भोग्नु पथ्र्यो ।’ ‘अहिले विद्यालयमा प्याडको व्यवस्था भएदेखी म लगाएत मेरा साथीहरुलाई धेरै सहज भएको छ । सर म्यामहरुलाई आफ्ना सवै समस्या खुलेरै भन्छौ । केही अप्ठेरो लाग्दैन । किशोरी मनिषा बताउछिन् । बालमैत्री स्थानीय शासन अबलम्बन गरिए पछि विद्यालय तहमा यस प्रकारको सुधार भएको हो । बिद्यालयमा छात्रामैत्री शौचालय नहुनु, महिनावारी भएको समयमा आवश्यक पर्ने प्याड विद्यालयमा उपलव्ध नहुँनु समस्याका रुपमा थिए ।राप्तसिोनारी गाँउपालिका गणेश माध्यामिक विद्यालय ढकेरीका प्रध्यानाध्यापक हरि प्रसाद अधिकारीका अनुसार, पलिहो पटक आफ्नो विद्यालयमा किशोरीहरुका लागि सेनेटरी प्याडको उपलव्ध्ता भएकाले किशोरीहरुको कक्षा छाड्ने दरकमा कमी आउने बताउछन् । अधिकारी भन्छन्, कतिपय कुरा स्थानीय तहमा समाधान हुने कुरालाई पनि निकाश नखोज्ने प्रबृत्ति छ । अव स्थानीय तहमा नै समाधान खोज्ने हाम्रो बानी बस्न सुरु भएको छ ।’

३ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech