मानब बेचबिखन बिरुद्ध ‘अन्तरपुस्ता सम्वाद’ कार्यक्रम

स्याम विष्ट / बाँके


बाँकेको बैजनाथ गाँउपालिका वडा नंं १ मा सोमबार मानब बेचबिखन तथा रोकथामका लागि ‘अन्तरपुस्ता सम्वाद’ कार्यक्रम गरिएको छ । प्लान इन्टरनेशनल नेपाल बाँके युनेस्को नेपालगञ्जको सहजिकरण र बैजनाथ गाँउपालिकाको सहयोगमा उक्त अन्र्तरपुस्ता सम्बाद कार्यक्रम गरिएको हो । १ दिने अन्तरपुस्ता सम्वाद कार्यक्रमका मानब बेचबिखन, बढ्दो किशोरी बलात्कार पछिका हत्याका विषयमा अन्र्तरपुस्ता बिच बैजनाथ गाँउपालिका वडा नं.१ मा रहेका अभिभावक र किसोरकिसोरीहरु बिच वहृतअन्तरसम्वाद भएको थियो । अन्तरसम्वाद कार्यक्रममा उपस्थित भएकी बाँके बैजनाथ गाँउपालिका वडा नं.१ कि ५७ वर्षिय मन कुमारी शाहले आफ्नो बाल्यकालको जीवनीलाई प्रस्तुत गर्दै अहिलेको पुस्तामा निकै फरक भएको बताइन् । शाहले भनिन् पहिले हामी पढन् पाउदैन्थ्यौ विद्यालयहरु थोरै मात्रामा थिए । छोरीचेलीहरुलाई घाँस दाउरामा मात्र सिमित हुन्थे , शिक्षाको कमि थियो, निकै दुख र कष्ट गर्नुपर्ने त्यसबेलाको अवस्था थियो अहिलेका बालबालिहरु लाई पढन्लाई निकै सहज छ विद्यालयहरु प्रशस्त छन् । अभिभावकहरुले विद्यार्थीहरुका लागि जति पनी लगानी गरेका छन् ।

अहिले इमेल इन्टरनेटको जमाना छ ,सुविद्या थुप्र्रै आइसकेका छन् तरपनी पछिल्लो पुस्ता दिनप्रतिदिन कुलत र लागुऔषतको गलत संगतको घेरामा रहेको दुखेसो पोखिन् । त्यस्तै अन्र्तरसम्वाद कार्यक्रममा सूर्यदय माध्यामिक विद्यालय चिसापानीमा बालक्लवको अध्यक्ष पदमा रहेर काम गर्दै आइरहेकी किसोरी अनु रावतका अनुसार आफ्ना बालबालिका हरुले हरेक दिन गरिने क्रियाकलापहरु माथि अभिभावकहरुले कमै चासो राख्ने गरेको बताइन् । बालबालिका र अभिभावकहरु बीचको दुरी नजिक नभएको समेत गुनासो समेत व्यक्त गरिन् । अन्र्तरपुस्ता सम्वाद कार्यक्रममा प्रशिक्षकको रुपमा रहेका शंकर न्यौपानेले बाल बालिका र अभिभावक बिचको अन्तर पुस्ता सम्वाद कार्यक्रम फलदायि भएको बताउदै यस्ता कार्यक्रमले अभिभावक र बालबालिका बिचको दुरि घटाउने बिश्वास आफुले लिएको बताए । आगामी दिनमा बालबालिकाहरुको प्रत्येक्ष निगरानी अभिभावक गर्नुपर्ने सुझाब समेत दिएका छन् । प्लान इन्टरनेशनल कि फिल्ड सुपरभाईजर आशा गुरुङ्गका अनुसार पछिल्लो समयमा बालबालिहरुका गलत क्रियाकलापबाट बचाउनका लागि अभिभावक र समुदायमा जनचेतनाको आवश्यकता रहेको र आफुहरुले पनी बालबालिकालाई सही बाटोमा अगाडी बढाउनका लागी विभिन्न कार्यक्रमहरुको आयोजना र सम्वन्धीत निकायहरु संग सम्वन्य गरि अगाडी बढेको बताइन् । अन्र्तरसम्वाद कार्यक्रममा उपस्थित भएका नेपाल प्रहरी, शिक्षक, बालबालिका, अभिभावक , सञ्चारकर्मी लगायतले अनुभवहरुका बारेमा छलफल गरेका थिए । पछिल्लो समयमा किसोरीहरु बलत्कार पछि हत्या बढिरहेका बेला अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई कसरी  सुरक्षित गर्न सकिन्छ र हरेक दिन बालबालिकाले गरिरहेका गतिविधीहरुका लागि निकै चासो राख्नुपर्ने अवस्था रहेको छ ।

४ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech