सुजता स्मृती राई फूटवल प्रतियोगितामा रेसिङ्ग साहारा क्लव बिजयी

स्याम विष्ट / बाँके


स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ माघ २४ गतेदेखी संचालनमा आएको स्वर्गिय सुजता राई अधिकारी स्मृति फुटबल प्रतियोगिताको खेल समापन भएको छ ।बाँकेकोे कोहलपुर वडा नं. २ तेह्र विगाहमा संचालिन भएको उक्त फूटवल प्रतियोगिता स्वर्गिय सुजता राई अधिकारी स्मृति फुटबल प्रतियोगिताको फाईनल खेल आयोजक रेसिंग साहारा क्लब ए ले जितेको छ । मंगलबार भएको खेलमा न्यू डाँफे स्पोर्टस क्लब खजुरालाई १ का बिरुद्ध ३ गोलले जित हासिल
गरेको हो ।
कोहलपुर क्षेत्रकै सबैभन्दा ठुलो राशीको फुटबल प्रतियोगितामा विभागीय टिम सहित १४ क्लबले सहभागीता जनाएका थिए । फाईनल खेलमा न्यू डाँफे स्पोर्टस क्लबले १ गोल गरेको थियो भने रेसिंग साहारा क्लब ए ले ३ गोल गर्दै जित हासिल गरेको हो । खेलको पहिलो हाफको २६ औँ मिनेटमा रेसिंग साहारा क्लबका खेलाडी सुमन लामाले पहिलो गोलगरेका थिए । हाफ पछिको खेलमा न्यू डाँफे स्पोर्टस क्लबका तर्फबाट जबाफि गोल गरेको थियो खेलको अन्त्य तिर रेसिंग साहारा क्लबका खेलाडीहरुले पुन दुई गोल गर्दै जित हासिलगरेका हुन । बिजयी भएको टिमले एक लाख २२ हजार नगद र उपबिजेता टिमले ५० हजार नगद प्राप्त गरेका छन । साथै कोहलपुर क्षेत्रमा खेलकुदका लागी भौतिक पूर्वाधार निर्माणका लागि आफू सदैव तयारी भएको र योजना बनाएर अगाडी बढेमा निरन्तर साथ दिने प्रतिवद्धता समेत जनाएका थिए । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका कोहलपुर मेडिकल कलेजका प्रमुख संचालक डा. सुरेश कनौडीयाले स्वास्थ्यका लागि र राष्ट्रका लागि खेलकुद महत्वपूर्ण रहेकाले कोहलपुर क्षेत्रमा खेलकुदका गतिविधी संचालनमा सबैको चासो र चिन्ता लिनुपर्ने बताएका छ्न । त्यस्तै कोहलपुर नगरपालिका वडा नं.१० का अध्यक्ष निम बहादुर चलाउने निरजले रेसिङ्ग साहारा क्लवले कोहलपुर क्षेत्रमा सबैभन्दा ठूलो राशीको खेलकुद कार्यक्रम गर्न सफल भएको मा धन्यवाद दिदै आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्ने बताएका छन् । देशको पहिचान खेलकुद भएकाले कोहलपुर नगरपालिकाले विशेष चासो दिन समेत अनुरोध गरेका थिए । समापन कार्यक्रममा सुजता स्मृती राई फूटवल प्रतियोगितामा सहयोग पु¥याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आयोजकले सम्मान कार्यक्रम समेत गरेको थियो । समापन कार्यक्रमा बोल्दै कोहलपुर रेसिङ्ग साहारा क्लवका अध्यक्ष यज्ञ बहादुर महराले आगामी दिनमा कोहलपुर क्षेत्रका युवायुवतीहरुका लागि हरेक खेलहरुको आयोजना गर्दै लैजाने बताएका छन् । साथै उनले भौतिक पूर्वाधारको कमीका कारण खेलक्षेत्रलाई अगाडी बढाउन नसकिएको गुनासो समेत व्यक्त गरेका थिए । मंगलबार फाइनल खेल अवलोकन लागि दर्शकहरुको बाक्लो उपस्थिती   रहेको थियो ।

५ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech