ठेकेदारको लापरवाहीका कारण बेलनपुरबासीले दुख पाए

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नं.४ स्थित मदनचोक, बेलनपुर हुँदै जाने १५ मिटरको सडक निर्माण कार्य ढिलापुस्ती हुँदै आएको छ । ठेकेदार कम्पनीको लापरवाही र कोहलपुर नगरपालिका र वडा कार्यालयले समेत विशेष चासो नदेखाएपछी उक्त सडकमा दैनिक जसो सवारी दुर्घटना समेत बढ्दै गएको छ । अषाढ मसान्तमा सडक निर्माणको काम सम्पन्न गर्नका लागि कोहलपुर ११ का ईश्वरी कंडेलले जिम्मा लिएका कोहलपुर नगरपालिका वडा नं. ४का पारुक खाँन बताउछन् । मुख्य सडक बाटोमा ठूलो मात्रामा गिट्टी खसालिएको छ । कोहलपुर नगरपालिका वडा नंं.४ बेलनपुर बस्ती नजिकै करिब २ महिना अगाडी सडकमा माटो खसालेको थियो । सडक पेटीमा खसालिएको माटोको धुलो धुवाँका कारण अहिले बेलनपुरका स्थानियबासिन्दाहरु बिरामी हुँदै गएको स्थानियबासी सैहवान खाँ बताउछन् । खाँ भन्छन् लामो समयदेखी सडक बाटो धुवाँ धुलो उडिरहेको छ ठेकेदारलाई बारम्बार फोन गछौँ फोन उठदैन, वडा कार्यालयले पनी सडक निर्माणका लागि केही पहल गर्दैन् हामी हैरान भैसक्यौँ उनी भन्छन् ।

यता सडक निर्माणका विषयमा जिम्मा लिएका ठेकदार ईश्वरी कंडेललाई बारम्बार टेलिफोन सम्पर्क गर्दा उनको टेलिफोन रिर्सभ भएन् । यस विषयमा कोहलपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तिर्थराथ थारुले बारम्बार ठेकेदारलाई सडक निर्माणका लागि अप्ठयारो परेको ठाँउमा सहजिकरण गरिदिन अनुरोधगरेतापनी ठेकदारले कुनै चासो नदेखाएको उनले स्वीकार गरे । कोहलपुर नगरपालिका वडा नं. ४ कि सैहवान खाँ को घर सडकको नजिकै छ उनको घरमा सडकपेटीको धुलोले घरका छानाहरु माटोले पुरै ढाकिएको छ । यसरी समयमै काम सम्पन्न गर्नका लागि जिम्मेवारी लिएका ठेकेदारहरुले काम सम्पन्न नगर्दा स्थानियबासीहरुले पीडा पाउदै आएका छन् । केन्द्रिय सरकारको बजेट बाट निर्माण हुन लागिरहेको उक्त १५ मिटरको फराकिलो सडकमा ५जना दुर्घटनामा परिसकेको स्थानियबासी सपीकुन खाँ बताउछन् । अहिले स्थानियबासीहरुले उक्त सडकखण्डमा सवारी साधन आवतजावतमा रोक समेत लगाएका छन् ।

 

 

६ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech