कोहलपुर नगरपालिकाले कोहलपुर बासीलाई नयाँ जनताको लागी नयाँ उपहार दिएको छ ।कोहलपुर नगरपालिकामा हाल एक महेन्द्राको स्कारपियो एक टाटा सुमोको गाडी रहेको स्टोर शाखाले जानकारी गराएको छ । यस्तै कर्मचारीका लागी र जनप्रतिनिधिको लागी २९ वटा बाईक र एक स्कुटर रहेको स्टोर प्रमुख ईन्द्र ढकालले जानकारी गराए । कोहलपुर नगरपालिकामा पुन नयाँ सुविद्या सम्पन्न गाडी कार खरिद गरेको हो । यसरी कोहलपुर नगरपालिकामा गाडि र फिउलमा ठुलो खर्च हुने गरेको कोहलपुर नगरपालिका पालिका श्रोतले जानकारी गराएको छ ।
कोहलपुर नगरपालिका क्षेत्र करिव १० किलोमिटरमा रहेको र नगरपालिकामा बर्सेनी गाडी खरिद गर्ने कार्य जनभावना विपरित भएको नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितीका सचिव भुम भण्डारीले बताए । जनताको काम गर्ने भनेर गएका जन प्रतिनिधिहरुले जनताको ढाड भाँच्ने गरेर बजेटको दुरुपयोग गरेको सचिव भण्डारी बताउँछन् । नेकपा कोहलपुर नगरकमिटी अध्यक्ष बसन्ती अधिकारीका अनुसार कोहलपुर नगरपालिकाको विकास निर्माण भने शुन्य जस्तै अवस्थामा देखिन्छ कोहलपुर नगरपालिकाले प्रस्तुति गृह बनाउन नसकेर प्रति वर्ष करिव २ करोड बढी रकम मेडिकल कलेजमा दिने गरेको अवस्था निराकरण गर्ने तर्फ नलागेर जनप्रतिनिधी र कर्मचारीको सेवा सुविधा लिन तत्पर रहेको प्रति आफु र आफ्नो पार्टी बिरोध गदै आएको बताईन ।
कोहलपुर नगरपालिकामा वसोवास गर्ने सवै जनताको हात हातमा मोवाईल र घडी भएको अवस्थामा कोहलपुर को मुटु मनेर चिनिने गोल पार्कमा घण्टा घर निर्माण गर्नु नै कोहलपुरका जनप्रतिनिधिको विकास प्रतिको गलत द्ध्रष्टीकोेण भएको बताईन । नेकपा वली समूहका कोहलपुरका संयोजक खिल प्रसाद भुषालका अनुसार नगरपालिकाले सवारी साधन खरिद गर्न आवश्यक नरहेको र आवश्यकताको पहिचान नगरी फर्जल खर्च गरिएकोले गाडी खरिद गर्ने गतल भएको बताए । स्रोतका अनुसार कोहलपुर नगरपालिकाका केहि कर्मचारीलाई आवासको सेवा सुविधा समेत दिएको अवस्थामा आवासको सेवा लिने कर्मचारीको सुविधाको लागी नयाँ गाडि खरिद गर्नु राम्रो नभएको स्रोतले बतायो । कोरोना भाइरसका कारण लकडाउन पूर्ण रुपमा खुलेलगतै कोहलपुर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीहरुको प्रयोजनका लागि कार खरिद गरिएको हो । जनतालाई स्वास्थ्य शिक्षा, खानेपानी, सरसफाई र विकास निर्माणका पूर्वाधार समस्याहरु भइरहेका बेला कोहलपुर नगरपालिकाले गाडी खरिद गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरी बताउछिन् । उपप्रमुख चौधरीका अनुसार गाडी खरिद गर्ने निर्णय भएको तर कस्तो खालको किन्ने भन्ने एकिन नभएको उनी बताउछिन् । यस विषयमा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतलाई बुझ्न खोज्दा फोन उठेन् । कोहलपुर नगरपालिका का सूचना अधिकारी हरी वलीका अनुसार गाडी खरिद गरिएको बताए । पछिल्लो समयमा जनप्रतिनिधी र कर्मचारीहरु आवश्यकता भन्दा बाहिर गएर सरकारी सम्पतीमा राज गरिरहेका छन् । अहिले पनी कोहलपुर नगरपालिकाले बिनियोजित गरेको हरेक वर्षका बजेटहरु प्रभावकारी रुपमा काम नभएका बेला जनताका आवश्यकताहरुलाई थाती राखेर मोजमस्तीका लागि सरकारी सम्पतीमा दुरुपयोग गरिरहेका छन् ।