जन्मदिनमा बिमा उपहार

पिपलबाेट संवाददाता


पछिल्लो समयमा जन्मदिनलाई फरक फरक खालका कार्यक्रमहरु गर्दै कोहलपुर क्षेत्रमा नागरिकहरुले मनाउदै आएका छन् । बिहिबार कोहलपुर नगरपालिका वडा नं. ११ का इन्द्रमनी ढुङ्गानाले आफ्नो छोरी शोभा ढुङ्गानाको जन्मदिनमा छोरीको ५० लाखको बिमा गरेर मनाएका छन् । इन्द्रमनीले बिहिबार रिलाइवल नेपाल इन्सुरेन्स कम्पनीको २० वर्षे सुलभ जीवन बिमा गरेका हुन । इन्द्रमणी भन्छन् आफ्नो बालबालिकाहरुको जन्मदिन विभिन्न भोजभतेर गरेर मनाउनु भन्दा सामाजिक कार्यमा होस वा दुखी गरिबलाई सहयोग गरेर होस छोराछोरीको भविष्यका लागि बिमा गरेर मनाउनु उत्तम रहेका बताए । बाल जिवन बिमा गरेका इन्द्रमणी र उनकी छोरी शोभालाई रिलाइवल इन्सुरेन्सका शाखा प्रमुख सन्तोष आचार्य र मार्केटिङ्ग बिरेन्द्र बमले सम्मान समेत गरेका छन् ।

६ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech