स्वावलम्बन विकास केन्द्रद्धारा उत्कृष्ट महिला उद्यमीलाई पुरस्कार

पिपलबाेट संवाददाता


कोहलपुर÷स्वावलम्बन विकास केन्द्र माईतीघर काठमाण्डौले लुम्बिनी प्रदेशका ३ जना उत्कृष्ट उद्यमीलाई लघुउद्यमी सदस्य पुरस्कार प्रदान गरेको छ ।
बाँकेको कोहलपुरमा रहेको होटल म्याक्समा एक कार्यक्रमको आयोजना गर्दै ३ जना उद्यमीलाई उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार प्रदान गरेको हो । उद्यमी गीता चौधरी, लक्ष्मीदेवी खड्का तथा मनु थापा मगरलाई सुरस्कारका साथै प्रमाणपत्र वितरण गरेको हो । उनीहरुलाई नगद रु.२५ हजार सहित प्रमाणपत्र दिईएको छ । लक्ष्मी देवी खड्का महिला उपकार सहकारी संस्थाकी सदस्य हुन् । करिब ६ वर्षअघि ४ हजार ऋण लिएर उद्यम सुरु गरेकी थिईन् । खड्काले बोडीको बिउ खरिद गरेर १२ कठ्ठा जग्गामा बोडी लगाईन् र च्याउ खेती समेत गरिन् । यसबाट भएको आम्दानीले उनले उद्यम बढाउँदै लगिन् र एउटा गाई फार्म संचालन गरिरहेकी छन् । अहिले उनको जानकी गाउँपालिका वडा नम्बर ३ मा श्री तुल्सी गौशाला छ । उनले दैनि ३० देखि ४० लिटर दुध बेच्ने गरेका छन् । यस्तै अर्का पुरस्कृत मनु थापा मगर पनि बंगुर पालनमा व्यस्त छन् । उनको बंगुर फार्ममा थुप्रै बंगुर छन् । उनले बंगुर व्यवसायबाट घर चलाईरहेकी छिन् । दाङ लमहीकी उद्यमी गीता चौधरीले करिब ८ वर्ष अघिदेखि लघुउद्यम सुभारम्भ गरेकी थिईन् । उनले बंगुर पालन तथा सामान्य पसलबाट उद्यम सुरु गरेकी थिईन् । हाल चौधरीले २ विगाह जग्गामा खुर्सानी खेती गरिरहेकी छिन् । उनले उत्पादन गरेको खुर्सानी, दाङ, नेपालगञ्ज, धनगढी, प्युठान तथा पोखरासम्म निर्यात हुने गरेको छ । चौधरीले आफ्नो जीविका चलाउनुका साथै ७ जना अन्य व्यक्तिलाई रोजगारी समेत दिएकी छन् ।

आफैले उद्यम सुरु गरिसकेपछि आत्मनिर्भर बनेकोचौधरी सुनाउँछिन् । कसैलाई पनि हात फैलाएर पैसा माग्नु पर्ने आफ्नो अवस्थाको अन्त्य भएकोमा चौधरी निकै खुशी देखिन्छिन् । २ वटा बंगुरबाट उनले बंगुर व्यवसाय सुरु गरेकी थिईन् । अहिले उनीसँग १२ वटा बंगुर रहेका छन् । १५ सयबाट उद्यम सुरु गरेकी चौधरीले सहकारीबाट ५ हजार ऋण लिएर उद्यम बढाएकी थिईन् । अहिलेकरोडौंको सम्पती कमाईसकेको उनले आफ्नो अनुभव सुनाइन् । स्वावलम्ब विकास केन्द्रका प्रबन्ध समिति सदस्य तथा यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक गोपाल दहितको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनि प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल प्रमुख अतिथी रहेकी थिईन् । प्रमुख अतिथी पौडेलले पुरस्कृत तीनै जना उद्यमीलाई बधाई लिदैं आगामी दिनमा पनि यस्तै सफलता हासिल गर्न आग्रह गरिन् । उनले महिलाहरु उद्यमी भई आत्मनिर्भर बनेकोमा खुशी व्यक्त गरिन् । आयमुलक ब्यपार ब्यवसायका लागी प्रदेश सरकारले अझै योजना ल्याउने पौडेलले बताईन् । पुरस्कृत उद्यमी महिलाहरुले सिप र ज्ञानले ब्यवसाय गर्न सकिने र ब्यवसायबाट आम्दानि गर्ने अनुभव सुनाए । कार्यक्रममा कोहलपुर नगरपलिकाका प्रमुख लुट बहादुर रावत लगायतको सहभागिता रहेको थियो ।

 

 

 

७ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech