कोहलपुरमा दुई दिने सवलिकरण कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा बाल अधिकार समिति र मानव बेचबिखन विरुद्धको दुई दिने सवलिकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा मानव बेचबिखन र बाल संरक्षणमा नगरपालिकाको महत्वपूर्ण भूमिकारहने भन्दै चारबुदे प्रतिवद्धताजारी गरिएको छ । शिक्षा सम्बन्धी नीति, कार्यक्रम तथा क्रियाकलापमा मुद्धा सम्बोधन गर्ने, लैगिंक हिंसा निवारण कोष परिचालन निर्देशिका बनाउने, वडा स्तरमा मानवबेचबिखन विरुद्धको समिति गठन गर्ने, नियमित कार्यक्रमहरु पालिकाका अन्तर शाखाहरु समन्वय गरी संचालन गर्ने प्रतिवद्धता जारी गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, कोहलपुर नगरपालिका र बाँके युनेस्को क्लब नेपालगञ्जको आयोजनामा सम्पन्न भएको कार्यक्रमको पहिलो दिन बिहीबार माईति नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले मावन बेचबिखन, मानव बसाई सराई र मानव तस्करीका बारेमा कार्यपत्र पस्तुत गर्र्र्दै पछिल्लो समय मानव बेचविचन, मानव बसाई सराई र मानव तस्करीको स्वरुप परिवर्तन भएको बताएका छन् । त्यस्तै कोराईलाले दोस्रो दिन शुक्रबार बालबालिका सम्बन्धी संविधानले व्यवस्था गरेको नीति नियम, अन्तर्राष्ट्रिय सन्धी सम्झौतामा बाल अधिकार सम्बन्धी भएका व्यवस्था, नेपालको बालविवाहको पछिल्लो अवस्था लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी समाजिक विकास समितिकी संयोजक नारायणी वलीले कोहलपुर मानव बेचविखनको केन्द्रविन्दुका रुपमा विकास भईरहेको प्रति चिन्ता व्यक्त गर्र्दै कोहलपुरमा हुने यस्ता गतिविधिहरुलाई विशेष निगरानीमा राख्नुपर्ने बताइन् ।

८ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech