सुकुम्बासी समितीले ज्ञापन पत्र बुझाए

पिपलबाेट संवाददाता


अब्यबस्थित भुमिहिन तथा सुकुम्बासी समिति कोहलपुरले शुक्रबार ज्ञापन पत्र बुझाएको छ । समितिले जिल्ला प्रशासन कार्यालय बाँके,जिल्ला प्रहरी कार्यालय बाँके, रााष्ट्रिय मानव अधिकार आयोमा ज्ञापनपत्र बुझाईएको हो । कोहलपुर ११ स्थित शान्तिनगर र गन्र्दभ टोलका बासीहरुको बसाइसराई दर्ता,भुमी आयोगको फारम दर्ता, बिबाह दर्ता, जन्म दता गर्न बाट बञ्चित गरेको भन्दै उनीहरु आन्दोलनका कार्यक्रम अन्र्तगत ज्ञापनपत्र बुझाईएको संर्घष समितिका अध्यक्ष जीवन थापाले बताए । सर्घष समितिले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । २०५५ साल देखी बसोबास गर्दै आएको सो बस्तीको कोहलपुर नगरपालिका भुमिआयोगले लागत संकलन नलिने जनाएको छ । उनीहरु आफुले बस्दै आएको बस्तिको लागत संकलन गर्नुपर्ने पनि बताएका छन । त्यसका लागी आन्दोलनमा जान बाध्य भएको अध्यक्ष थापाले बताएका छन् । कोहलपुर नगरपालिकाका विभिन्न वडाहरुमा भूमी सम्वन्धीको समस्या रही आएको छ ।

८ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech