राप्तीसोनारीका महिला स्यमसेविका लाई यातायात खर्च

पिपलबाेट संवाददाता


राप्तीसोनारी÷लामो समयदेखी महिला स्वास्थ्य क्षेत्रमा स्वयंम सेविकाको रुपमा काम गर्दै आइरहेका महिला स्वयंम सेविकाहरुलाई राप्तीसोनारी गाँउपालिकाले प्रोत्साहन स्वरुप १ हजारका दरले यातायात खर्च दिएको छ । राप्तीसोनारी गाँउपालिकामा कार्यरत रहेका वडा नं.१ देखी ९ वटा सम्मका १ सय १० जना स्वयमसेविका हरुलाई प्रोत्साहन स्वरुप यातायात खर्च दिइएको हो । सरकारले हरेक महिला स्वयमसेविकालाई मासिक ६ हजारका दरले खर्च दिदै आएको समयमा पालिकाले थप १ हजार दिइएको राप्तीसोनारी गाँउपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णु प्रसाद चुडाँलीले बताए । महिला स्वयंम सेविकाहरुले हरेक वडाहरुमा स्वास्थ्य सम्पन्धी जनचेतना , विभिन्न रोकका बिरुद्ध खोप अभियान, सुरक्षित सुत्केरीका लागि विशेष भूमिका निर्वाह गर्दै आइरहेका छन् । ग्रामिण देखी शहरक्षेत्र सम्म महिला स्वयमसेविकाहरुले महत्वपूर्ण योगदान दिएका छन् ।

८ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech