ट्रिपरको ठक्करबाट नवराजको निधन

पिपलबाेट संवाददाता


बर्दियाको ठाकुरबाबा नगरपालिकामा ट्रिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ठाकुरबाबा वडा नं ५, शाहीपुरमा ट्रिपरले ठक्कर दिँदा भे १ ख १४८८ मोटरसाइकल चालक कोहलपुर नगरपालिका वडा नं ८ का ३० वर्षीय नवराज बुढाथोकी मृत्यु भएको हो । शुक्रबार साँझ शाहिपुरमा भे १० प २६४७ नम्बरको मोटरसाइकल किच्दा चालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शव जिल्ला अस्पताल गुलरियामा लगिएको प्रहरीले जनाएको छ ।

८ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech