नेपाल मगर संघको अध्यक्षमा कृष्ण पुनमगर निर्वाचित

पिपलबाेट संवाददाता


नेपाल मगर संघ कोहलपुर नगर कार्यसमितीको अध्यक्ष पदमा कृष्ण बहादुर पुनमगर निर्विरोध निर्वाचित भएका
छन् । ‘सम्पूर्ण मगर एक हौं’ भन्ने मुल नाराका साथ बाँकेको कोहलपुरमा नेपाल मगर संघको प्रथम नगर अधिवेशनबाट पुन मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । जसको उपाध्यक्ष पदमा अम्मर बहादुर लामिछोने, सचिवमा खगिसरा राना, कोषाध्यक्षमा मिना पुन मगर, सहसचिव पदमा हेमन्त पुनमगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पारसमणी पुलामी मगर, मान बहादुर थापामगर, दुर्गा बुढामगर, पूूर्णकला बुढामगर, निर्मला पुलामीमगर, यातना पुनमगर, कमलम कुमारी मंस्याङ्गी मगर, डिभीढेरीमगर, दिनेश थापामगर, रुपा पुनमगर, कर्ण बहादुर थापा मगर, धर्म बहादुर थापामगर, तेज प्र. जिएम, रत्ना बुढामगर, सागर घर्तिमगर, मान बहादुर लामिछाने, मुना पुनमगर, दिल बहादुर घर्तिमगर, सर्मिला अखाली मगर, मूना थापामगर, ललिता थापामगर रहेका छन् ।


त्यसअघि उद्घाटन सत्रमा बोल्दै नेपाल मगर संघ लुम्बिनी प्रदेशका मुख्य सचिव गोपाल पुन मगरले देशभरी नै मगर संघको अधिवेशन भइरहेको र अहिले पालिका स्तर हुँदै वडा स्तर सम्म कार्यसमिति विस्तार गर्ने योजना
रहेको बताएका छन् ।

साथै उनले २०६८ सालको जनगणना अनुसार आदिवासी जनजातीको संख्या १८ लाख रहेको बताउँदै जनगणना अनुसार मगर समुदायको जनसंख्या करिब ३५ लाख रहेको उनले दाबी
गरेका छन् । नेपालमा अन्य जातीभन्दा तेश्रो स्थानमा मगर समुदाय रहेको समेत बताएका
छन् । कार्यक्रममा बोल्दै नेपाल मगर संघ लुम्बिनी प्रदेशका सदस्य भूपेन्द्र पुनले मगर भाषा र भेषभुषा समेत लोभ हुँदै गएको बेला अब सम्पूर्ण मगर समुदायहरु एक हुनुपर्ने आफ्नो संस्कृती बचाउनुपर्नेमा जोड दिएका
थिए ।

अधिवेशन कार्यक्रममा बोल्दै अधिकाश वक्ताहरुले राज्यले हरेक समयमा जनजातीहरुलाई प्रयोग गर्दै आएको र आर्थिक र नेतृत्वदायी भूमीकामा अपहेलित गरेको बताएका छन् । साथै हरेक वर्ष मनाइने मगर एकता दिवस फागुन १५ गते कोहलपुरमा मनाउने समेत आयोजकले बताएको छ ।

९ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech