ईलेक्ट्रोनिक्स व्यवसायी संघको अध्यक्षमा पौडेल निर्वाचिन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको ईलेक्ट्रोनिक्स तथा मोबाईल व्यवसायी संघको छैठौं साधारण सभा तथा चौथौं अधिवेशन अध्यक्षमा नवराज पौडेल सर्वसम्मत चयन भएका छन् ।

जसको वरिष्ठ उपाध्यक्षमा दिपक ढुङ्गाना, उपाध्यषमा दिपेन्द्र भण्डारी, सचिवमा श्रीराम छामिछाने, सह–सचिवमा गणेश पौडेल र कोषाध्यक्षमा गोविन्द भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बैकुण्ठ गिरी, राम शाह, किरण रेग्मी, लक्षमण पौडेल, धर्मराज सेडाई, लोकेन्द्र जोशी, सुन्दर तिवारी रहेका छन् ।

त्यस अघि उद्घाटन सत्रमा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले स्थानिय सरकारले व्यवसायीहरुका समस्याहरुलाई समाधान गर्नका लागि नीतिगत व्यवस्था गरिरहेको जानकारी दिँदै कोहलपुरको विकास र समृद्धिका लागि स्थानिय सरकारलाई आवश्यक सहयोग गर्ने अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्र बहादुर अधिकारीले स्थानिय जनताको माग अनुसारको इलोक्ट्रोनिस सामानहरु उपलब्ध गराउनुपर्ने बताउँदै व्यवसायीहरुको साँझा समस्याहरु राज्यले समाधान गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले देशको विकास र अर्थतन्त्र बलियो बनाउनका लागि उद्योगी व्यापारीहरुको महत्वपूर्ण भूमिका रहेको जानकारी दिँदै राज्यले व्यवसायीमैत्री नीति लिन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बनमी प्रदेशका कार्यकारणी सदस्य नरेन्द्र शर्माले व्यवसायीहरुको हक र हितका लागि आफुहरु लागिपरेको जानकारी दिँदै आम उपभोक्ताहरुको मागलाई ध्यान दिएर सेवा प्रवाह गर्न सुझाव दिएका छन् । कार्यक्रमा कोहलपुर उद्योग व्यापार संघमा उपाध्यक्ष प्रदिप भट्टराई , ईलेक्ट्रोनिक्स तथा मोबाईल व्यवसायी संघ सस्थापक ईश्वर कुमार श्रेष्ठ, पुर्व अध्यक्ष दिपक भण्डारी , घरेलु महासंघ कोहलपुरका अध्यक्ष हेम बिक्रम जि.सी , लगाएका ले आफ्नो भनाई राख्यका थिए । कार्यक्रममा
ईलेक्ट्रोनिक्स तथा मोबाईल व्यवसायहरु सहभागिता रहेको थियो ।

९ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech