नगरपालिकाको गेटमा एकघण्टा धर्ना

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित लोकनगरमा रहेका अव्यवस्थित भूमिहिन तथा सुकुम्बासीहरुले सोमबार एक घण्टा नगरपालिकामा धर्ना दिएका छन् ।
कोहलपुर–११ शान्तिनगर टोल र डुडुवाबस्तीमा बसोबास गर्दै आईरहेका व्यक्तिहरुको संगठन अव्यवस्थित भूमिहिन तथा सुकुम्बासी समितिले सोमबार कोहलपुर नगरपालिकाको गेटमा एक घण्टा धर्ना दिएका छन् ।
अव्यवस्थित भूमिहिन दलित तथा सुकुम्बासीको लगत तत्काल लिनुपर्ने, बसाईसराई लगायत व्यक्तिगत घटना तत्काल दर्ता गरि दिनुपर्ने, विवाह, जन्मदर्ता गर्नुपर्ने र कोहलपुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने अव्यवस्थित तथा सुकुम्बासीहरुको पहिचान गरी तत्काल स्थायी समास्या समाधानका लागि पहल गर्नुपर्ने लगायतका माग सहित उनीहरुले केहिदिन देखि विरोध प्रर्दशन गरिरहेका छन् । विरोध प्रर्दशन कार्यक्रम अन्तर्गत सोमबार उनीहरुले कोहलपुर नगरपालिकामा एकघण्टा धर्ना दिएका छन् । आफ्ना मागहरु पुरा नभए आन्दोलन जारी राख्ने बताएका छन् । यता कोहलपुर नगरपालिकाका सो जग्गा कोहलपुर नगर विकास समितिको नाममा रहेकाले तत्काल सो क्षेत्रमा लगत संलन गर्न नसक्ने बताएका छ ।

१० फाल्गुन २०७७ मा प्रकाशित
Nabintech