व्यवसायिक एकताका लागि मेरो उम्मेद्वारी ः राकेश बिष्ट

पिपलबाेट संवाददाता


कोहलपुर म २८ बर्षदेखि नियमित व्यबसायी क्षेत्रमा आबद्ध छु । सानै उमेरदेखी व्यवसायी क्षेत्रमा आवद्ध भए । कोहलपुरमा व्यवसाय संचालन गरेको २८ बर्ष भन्दा बढि भइसकेको छ । यस पटक कोहलपुर उद्योग वाणिज्य संघको ९ औँ अधिवेशनमा खुल्ला सदस्यमा मेरो उम्मेदवार रहेनछ । आफ्नो व्यवसाय संचालन गर्दै आउँदा कोहलपुर क्षेत्रमा रहेका व्यबसायीका हरेक समस्या रहेका छन् ती समस्यालाई समाधान गर्नतर्फ तत्पर रहने मेरो लक्ष्य रहेको छ । उद्योगी व्यवसायीहरुको हकहितका लागि होस् वा सामाजिक क्षेत्रमा पु¥याउनु पर्ने योगदानहरुका विषयमा आम नागरिकहरु साक्षी हुनुहून्छ । कोरोना भाइरसका कारण लामो समय सम्म बन्दाबन्दी हुँदा कोहलपुर नगरपालिका वडा नम्बर १२ बस्ने आएकी जितमाया बोहरालाई जस्तै थुप्रै नागरिकहरुका लागि आफूले गर्नुपर्ने सहयोग र योगदान पु¥याउदै आएका छौँ । उद्योगी व्यवसायीहरुले आफ्नो व्यवसाय संचालन गर्दा आइपर्ने समस्याका बारेमा हामी जानकार छौँ । २८ वर्षको लामो समयमा आम व्यबसायीहरुका पिरमर्का बुझ्ने अवसर पाएँ र व्यबसायीका समस्यासंगै संगै एकाकार गर्ने सुनौलो अवसर मलाई प्रदान भयो । मैले त्यो बीचमा ब्यबसायीका जे समस्या पर्छन्, सोही समयममा व्यबसायीसंग पुग्थेँ, भने हरेक समस्या समाधान गर्ने प्रयत्न गर्थेँ । आजपनी सो कार्यलाई निरन्तरता दिएको छु । त्यसैले पनि मलाई व्यबसायीहरुले नै सदस्य उम्मेदवारी दिन अनुरोध गरे । सुझाब अनुसार अहिले चुनाबी मैदानमा होमिएको छु । विश्वास छ, विगतमा जस्तै मलाई यस पटक पनि व्यबसायीका हरेक समस्यासंग जुध्ने मौका प्रदान गर्नुहुनेछ । मैले आगामी दिनमा उद्योगी व्यवसायीहरुको हकहित र ऐन नियममा भएका कानुनलाई पालना गर्दै उद्योग वाणिज्य संघको गरिमालाई थप प्रगाढ गर्दै अगाडी बढन्ेछु । हामी समग्र व्यबसायीको हकहितसंगै विकास र समृद्धिमा पनि एकाकार गर्नेछौं । निजि क्षेत्रम लगानी भित्र्याउने, व्यवसायी आकर्षण बढाउने, विदेशी लगानी भित्र्याउन पहल थाल्ने छौं । फागुन २२ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समुहका जुझारु,अनुभवी समाजसेवी एवम् दक्ष प्यानललार्ई आफ्नो अमुल्य मतदान गरि अत्यधिक मतले बिजयी गराउनुहुनुेछ भन्ने पूर्ण आशा लिएका छौँ । उद्योग वाणिज्य संघ भित्र भएको मतमतान्तरलाई निर्मूल पार्दै कोहलपुर क्षेत्रमा उद्योग वाणिज्य संघले खेल्नुपर्ने भुमिका र आम उद्योगी, व्यवसायी, मझौँला व्यवसायी ,बस्तुगत व्यवसायीहरु बीच प्रगाढ सम्वन्ध बढाई उहाँहरुको भावना, उहाँहरुको मागहरुलाई सम्वोधन गर्नका लागि हामी विशेष पहल र भूमिका खेल्नेछौँ । अहिलेपनी कोहलपुुर क्षेत्रमा उद्योग वाणिज्य संघले खेल्नुपर्ने भूमिका थुप्रै छन् । सिमानाका नजिक भएका कारण कोहलपुर क्षेत्रमा व्यवसायी गर्दै आएका व्यापारी हरु मर्कामा परिरहेका छन् । राज्यले उद्योगी,व् यवसायहरुका लागी दिनुपर्ने सेवा सुविद्या र कामहरु अझैँ नगरेको अवस्थामा हामी उद्योगी व्यवसायीहरुको ३ वर्षे कार्यकालका उदाहरणीय काम गर्नका लागि एकपटक अवश्यक सहयोग गर्नुहुनेछ पूर्ण आशामा छौँ ।

११ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech