विकासको मूलधार नै असल राजनीति हो

गौरव परिवार


हाम्रो देश नेपाल किन ओली (काल्पनिक स्वाईजल्याण्ड) बन्न सकेन् ? विशाल प्राकृतिक स्रोतको धनि हाम्रो देश किन विकासित हुन यतीका समय लागिराछ ? त्यो ढुङ्गे युगबाट गुज्रिएर आएको मानविय समाजले त फ्याट्टै फट्को त मारिसके त ! हामी किन कछुवाको गति लिइरहेका छौं ? राणा कालिन शासन व्यवस्थाबाट आजाद भएको नि सात दशक नाघि सक्दा पनि जनताले राम्ररी स्वतन्त्रता अनि चैनको सास लिन सकिरहेको छैन । यसो केलाउँदा आखिरमा राजतन्त्र र अहिलेको प्रजातान्त्रिक व्यवस्थालाई खासै अन्तर मान्न सकिँदैन् । त्यो कालमा एउटा राजा थिए अहिले तह–तहमा राजा जमिएका छन् । त्यो कालमा भारदार नातावाद कृपावाद को लहरो थियो, अहिले पनि त्यही प्रक्रिया चलिरहेको छ । विकासशिल युगमा विकासिएको सामन्तीका तौरतरिका बारे हामीमा चेत खुल्न जरुरी छ । पहिले–पहिले सामन्तवाद व्यवस्थामा व्यक्तिको राजनीतिक अधिकार तथा कर्तव्य निर्धारण भूमिबाट गरिन्थ्यो तर हाल कुनै पार्टी दलीय शासकले कब्जा जमाएको छ । त्यस ताका सामन्तहरूको कयौं श्रेणिहरु थिए जसमा शीर्ष स्थानमा राजा हुने गथ्र्याे । राजापछि विभिन्न कोटिका सामन्त हुने गर्थे र सबैभन्दा निम्न स्तरमा किसान या दास हुन्थे । त्यो व्यवस्थामा रक्षक अनि अधिनमा रहेका मानिसहरूको सङ्गठन थियो । सामन्तगण राजाका प्रति स्वामिभक्ति प्रस्तुत गर्थे, राजाको रक्षाको लागि सेना सुसज्जित गर्ने काम सामन्तहरूको हुने गथ्र्याे र बदलामा राजाबाट जमिन पाउँथें । अहिले सामन्तवाद व्यवस्था अर्ध–सामन्तवाद मा परिवर्तन भई सामन्त गिरीमा केही परिवर्तन आएको छ । पहिले राजा एउटा थिए अहिले राजाका टाउका बढ्न गएको छ । अनि क्रमशः केन्द्रीय तह देखि स्थानिय ठेका बट्टा तहसम्म कार्यकर्ता, कर्मचारी व्यक्तिको सरकार निकाय छरपष्ट रूपमा व्यप्त मौलाएको छ । हालका सेनालाई पनि त्यहीँ नजरले हेर्दा, फरक नपर्ला उनीहरुलाई पनि राजा कै रैती भन्दा फरक पर्दैन् । उहाँहरू राजाका सेवा एक पद मा नै हुनुहुन्छ । अझ भन्दा यस पटक त पूर्व तयारी गरिएको छ । बाह्य कडीहरू(हस्तक्षेप)बाट बचाउन भन्दा पनि आफ्नै जनता को प्रदर्शनी बेहोर्न महंगा, बम्पर ट्याङ्कीहरू सहितका हात हतियार इमपोर्ट गरीएको छ । जमिनका नाममा बजेट कोषलाई लिन सकिन्छ र कब्जाका नाममा भ्रष्टाचारलाई लिन सकिन्छ । अनि गरिबी तल्लो स्थर का ज्याला मजदुर गर्ने व्यक्ति जुन उहिले– बन्दबन्दि मा परेका उखु व्यवसायि र एक छाक टार्न धौं धौं पर्ने समाज ) चितवन अनि पाटन नगरका रोड बाटामा लश्कर बसी केही यूवाहरूको संगठन सहयोगमा एकछाक टार्ने समाजलाई त्यस ताका समाजको निम्न स्तरिय, दास, हेपिएको समाज भन्न सकिन्छ । मिडियालाई चाई आफ्नै भाडा कोट्टु खबरी, चाप्लुसी मान्न सकिन्छ । किन भने उनीहरुले आफ्नो व्यक्तिगत रबैयामा आई खबरलाई तोडिमोडी समाजको ध्यानलाई मोडी दिन सक्छन । कार्यकर्तालाई चाई उँ कालको राजकीय नातावाद, कृपावादमा होमिएका समाज लाई लिन सकिन्छ । जुन हाल पार्टी का कार्यकर्ताले कुनै ठाउँको जनमानसमा आफ्नो होटल बुक गर्न सक्यो, जमिनको पैशो अनि भौतिक साधन र पद भत्ता पयो । गिद्दको ध्यान सिनुमा भनेझैँ केही लठ्ठकहरू भई आइरहेको यथार्थ कुरालाई पर्दामा देखाउँदा विभिन्न साम्प्रदायिक सँग जोडेर तोडमोड गरेर हाउगुजी झै सलबालाउँछन र सोझा साँझा जनतामा मनको डेरा बसाई प्रोपागान्डा पैदा गरिदिन्छन् । यस्ता समाजलाई चाई त्यो कालको नाजायज राजकीय बुद्धिजीवी र हालको पार्टीय सलाहकारलाई लिन सकिन्छ । अहिलेको हाम्रो देशको राजनीतिक धार दुई चोईटामा विभाजन हुन गएको छ । त्यो हो संवैधानिक र असंवैधानिक करीब ७ महीना सम्म जनताहरूलाई बन्दाबन्दीमा राखी कर भुक्तानीका विषयदेखि लगाएर कोभिड स्वस्थ सामग्रीमा हिनामिना लगायतका कुकर्म र ट्रान्सपरेन्सी इन्टरनेशनलले पनि बढी भ्रष्टाचार मौलाएको देशमा नेपाललाई अग्रपंक्तिमा राखि प्रम ओली नै त्यसका अनुयायी वा रक्षकका रूपमा रहेको बताएको छ । हाल खुल्ला समयमा आन्तरिक मामिला ल्याई संसद विगठन गरिदिँदा, सरकार प्रति आजका सर्वसाधारण जनतामा लजास्पद भावना पलाएको छ । आजको सरकारलाई आफ्नो नेतृत्व दिएकोमा प्रत्येक नेपालीले हीनता बोधको अनुभव गरेका छन् । आजको मुख्य रूप नै प्रम वली बनेका छन् । एकदमै फितलो र निकम्मा सरकारको रूपमा प्रम वलीकै सरकारलाई हेर्न दृष्टिकोण पैदा भएको छ । कुरौटे आचरणले र उखान टुक्का मै जनतालाई स्वीजरल्याण्डको शेयर गराइदिएका छन् । कुनै, एउटै छतमा बसेका दम्पतीहरूमा काम नपाई सुती सुती बसी बसी खाने प्रवृद्धिले गर्दा कलह भई छूटपत्र भएको थियो रे हो त्यसै गरी यो बन्दा बन्दीमा पनि राजनीतिक दलहरुका बीच पनि चर्काचर्की परी रहन्थ्यो । नेकपाका बिच अविश्वासका प्रस्ताव हाली मुहाली गर्ने क्रममा यो अस्थिरता पैदा हुन गएको हो । अन्य विकासका क्षेत्रसँगै दलहरुका बीच पनि यो बन्दा बन्दीले नराम्ररी प्रभावित पारेको देखियो वा यसलाई पदीय अभिष्ट पैदा भई झुटा पत्र भएको पनि भन्न सकिन्छ । प्रमज्यूको ‘प्रतिगमन’ अहिलेको नयाँ विषय बन्न गएको छ । राजनितिक दलका शीर्ष नेता एवम् कार्यकर्ता बीच अहिले भाग दौड चलिरहेको छ । मन मनमा क्रान्तिको ज्वाला उम्लिरहेको छ । आत्म सुभेच्छाको लहरो जोडीएकोपनि होला यसमा टीका टिप्पणी हुनु कुनै नौलो कुरो नी भएँन । किन भने प्रम ओली ज्यूको संसद विगठन कार्य कुनै नेता कार्यक्रता अथवा जनताका लागि सहय पनि छैन् । किन भने उहाँहरूले नै निर्माण गर्नु भएको संविधान विरुद्ध उहाँकै कदम चाल्नु भनेको अन्य दल अनि सर्वसाधारण जनताप्रति उहाँको लज्जास्पद कुटनीतिक कोशिस हो । म भ्रम मा रहेछु , सोचेको थे महामारीले घुँडा टेक्यो अब त ‘नयाँ नेपाल समृद्ध नेपाल’ को नारा वास्तविक बन्नेछ, मन्त्रीहरू आ–आफ्नो घरमा बसी बसी कति गृहकार्य गरिरहेका होलान्, बन्दा बन्दीमा कुनै ठुलै हितका एजेण्डा तयार भएको होला । परन्तु त्या त असंवैधानिक ‘कु’ को तयारी का खाका कोरिएका रहेछन् । संविधानको धारा २९८ को उपधारा (१३ ) मा संसद्का एक चौथाइ सांसदले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाउने व्यवस्था गरेको छ । तर प्रम ज्यूमा सत्ता हातबाट फुस्किने वातावरण देखियेशी आफ्नै पारामा कार्यकाल नसकिँदै संविधान भंग गरी चुनाबी प्रक्रियाबारे सबैमा प्रवाह गरिदिएका छन् । आश्चर्यको कुरा त यो छ, कि सबैभन्दा बढी दुईतिहाइ बहुमत प्राप्त गरेका प्रम वली नै आफूमा एकमत छैनन, उनी चुनावी अभियानबाटै त्यो स्थानमा पुगेका हुन् । नकी कोसैको पेवा मा ! उनी सम्पूर्ण जनताको मतले नै प्रम जस्तो सम्माननीय पद सम्म पुगेका हुन् । तर फेरि उनी कार्यकाल नसकिँदै चुनाव चाहन्छन । तमाम विकासका मूल एजेण्डाका कार्यविधि तोकिदिएर त्यसको चुनावि कार्य लागू गर्न नसक्ने उनको नलाएकि पन हो।
देशको मूल विकास र निकास नै राजनीतिज्ञबाट सुरु हुन्छ । आज राम्रो असल राजनितिले गर्दा नै अमेरिका, जापान, बेलायत र हाम्रै छिमेकी मूलुक भारत कुन स्थान सम्म पुग्न सफल भएका छन्, हामी तुलना गर्न सक्छौं । इतिहास पल्टाएर हेर्न सक्छौ, जाँच्न सक्छौ । जब अविश्वास को प्रस्ताव चारैतिर बाट खनियो। तब उनलाई ‘समृद्ध देश नेपाल’ को निर्माण गर्न असहज गरियो, आघात पुर्याइयो, सिँढी चढ्न लागेको पाइला पछाडि बाट खिचियो भन्ने बक्तब्य पनि जाहेर भएको पाइन्छ । उनका आफ्नै दलका नेता, प्रतिपक्षी दल बाट विभिन्न टिप्पणीका वोइरो पनि न आएका होइनन्। के आधा भन्दा बढी कार्यकाल बितिसक्दा सम्म उनका प्रतिपछे दल या आफ्नै दलका नेताहरु ले खुट्टा तानी रहेका होलान् ? आज सम्म के हेरेर सहेर बसेका थिए ? आखिर उनी आफ्नो कार्यकाल को अन्तिम चरण मा आइपुग्दा किन असंवैधानिक ‘कु’ ल्याएर आफू विजयी बन्न खोज्दैछन् ? बाँकी रहेको के हि समय आखिर किन पार्टीगत विवादित बिषय मा अल्झ्याएर योे महत्वपूर्ण अवधि खेर फालिरहेका छन् ? अनेक झेल मा जनता एवम् दल लाई आल्झ्याएर उनको आफ्नो व्यक्तिगत सोचाइ के छ ? यो विषय मा संपूर्ण नेपाली जन मा चासो को विषय हुन् जरुरी छ । उखान टुक्का मै नेपाल लाई सुइजरलाण्ड बनाइदिने ,कार्यकाल नसकिँदै डेढ वर्ष अगावै चुनाव को मिति तए गर्ने, नभएको दफा ल्याई संसद बिगठन गर्ने, नेपाली जनता लगायत कानुन का पुजारी शुध लाई कानून बारे अनविज्ञ रहेको कुरा जाहेर गर्ने, जनता बाटो मा उत्रिँदा सत्ता धारी शक्ति को प्रयोग गर्ने, आफ्नै मनमौजी साशन व्यवस्था चलाउनमा नैं अधिक चासो राख्ने प्रम ओली बाट सबै नेता कार्यकर्ता हरू रुष्ट छन् । उनको यसकदम बिल्कुलै नेपालको संविधान विरुद्ध रहेको छ । उन ले गरेको असंवैधानिक ‘कु’झैं शासनव्यवस्था भोलि गएर अन्य प्रम ज्यू बाट पनि नदोहोरिएला भन्न सकिन्न । यदि आपसी दलबीच मनमुटाव भएकै हो भने त्यसलाई समझदारीका साथ आधिकारिक व्यक्तित्व द्वारा बाटो तताउन जरुरी थियो, नत्र भने जब पार्टीको आन्तरिक द्वन्द्वहरुलाई समयमै आधिकारिक व्यक्तित्वहरुले व्यवस्थापन गर्ने कुरालाई महत्त्व दिँदैनन्, तब एउटा चरण पार गरेपछि त्यो सार्वजनिक भएरै छोड्छ । द्वन्द्वलाई लुकाउन खोजेर नभएको शक्तिको प्रयोग गरी व्यक्तिगत रबैयामा मनमौजी धारणा पेस गरिनु र आगो सल्काई धुवाँ छोपेर राख्छु भन्नु भूल हो । यो पार्टीको कुनै मानले दिँदैन । पार्टी एउटा नेता वा कार्यकर्ताले बनेको हुंदैन यो त धेरै फूल एक सूत्र धार को माला हो । पार्टीमा देखा परेका समस्याहरुलाई समयमै समाधान गर्न खोजेको भए यो धुँवाले आजको कालो बादल बनाउँदैनथ्यो, आकाश गर्जदैनथ्यो । पार्टीका नेता एबम् प्रिय कार्यकर्ता र शुभेच्छुकहरुको मन रुँदैनथ्यो र जनता का लागि सरकार पनि दिक्दारी र ग्लानीको विषय बन्दैनथ्यो । जिम्मेवारी लिएकाहरू जनता जोगाउन होइन आफ्नो कुर्सी जोगाउन व्यस्त भए । ‘ज्यान जाला परन्तु पद छोड्दिन मेरो जति क्षेमतावन, पद सम्हाल्ने हैसियत कसको छ यो देशमा ?’ भन्ने अभिबेक्ति नी न आएको होइन । समाजलाई अनेक मुद्दामा जाल झेल गरेर अलमलाइरहियो । विभिन्न हत्या बलात्कारी काण्ड हरू पनि यतिकै बढिरहेका छन् यसमा सुरक्षा निकाय ले कडाइ गर्न जरुरी छ । नत्र भने पहिले राजसंस्था हुँदा राजाको तलुवा अहिले आएर प्रम वलीको तलुवा को चपेटमा नपरिएला पनि भन्न सकिन्न । दबाब मुलक कार्यक्रमहरू सञ्चालन गरौं । नाकी अब पनि हामी लठक युवा ‘राजनीति लज्निती हो’ भनी पछाडि हटि, परेको खाडलमा आफू पुरिनलाई अझै खुदाई गर्नू जस्तै हो । हामी पार्टीगत झण्डा देखाई आ–आफनो पक्ष बटुल्न लागेर झनै विवादित नबनऊ, जनता भेडा हो भेडा कै प्रवृद्धि देखाउनाले आज संघिय साशन मुलक संविधान नी धरातमा परेको छ । सरकारलाई एक स्वरमा संदेश दिउँ । यद्यपि चुनाव प्रक्रिया आरंभ नहोला पनि भन्न सकिँदैन, समस्त चुनावी अभियान अघि सारी फेरी पनि जनता बाट अभिलाषा बटुल्न कुनै ठूलो कुरा नी छैन । निर्बाचन आयोग ले आफ्नो कार्य अगाडि सारिसक्यो । यदि चुनाव हुने नै भयो भने अब का दिनहरू प्रत्येक चौतारी, जमघट कार्यक्रम अनि सबै खाले प्राङ्गणहरूमा राजनीतिक गतिविधि या पार्टी प्रवेशका भना सुनि टुक्काहरू सुन्न पाइनेछन्, गीत हरु पार्टी का नाउँ रिलिज हुनेछन्, पर्चा बाटीने छन् । गोष्ठी सम्मेलन बोलाइने छन् । दल का कुनै कार्यकर्ता नेता बाट समाजवाद एवम् भविष्य उज्याला पारिदिने र भौतिक सुख सयल को जीवन बिताउने अभिलाषा प्रकट गरिने छन्– ताल परे कुटाई अनि लखेटी माग्ने छन् । चुनावका निमित्त आन्तरिक बाहिय पुजिँराजश्वव वा जनताले तिरेका तिरो, त्यस्तै मासुच्युरा, घर घरमा पु¥याउँदा पु¥याउँदै र ¥याली आयोजनामा दोहन हुनेछन् । पालिकाहरूका र सरकारका नेताहरुले लुटेको र भ्रष्टाचारबाट कमाएको खर्बौं रूपैयाँको खोलो अबको चुनावमा बगाईने छन । अरू भनौ भने ःराजनीतिकरणबाट जनतालाई चुसिरहेका व्यापारीहरूसंग चुनाव खर्चका लागि चन्दा हसुरेर तिनलाई नांगो नाच गर्न दिदै पुनः जनतालाई चुस्न छुट हुनेछ, जसरी पहिलेको निर्वाचनमा लिएको भक्कु चन्दाका कारण हाल तिनै व्यापारी र माफियाहरूले जनता र देश लुटिरहेका थिए पुनः फेरी त्यही प्रक्रिया प्रारम्भ हुनेछन् । वर्तमान अवस्था मा अनयासै संसद विघटन जस्तो अलोकतान्त्रिक कदम चाल्नु केपी ओली ज्यू को कुनै आन्तरिक ठोस कारण होला , र भकाभक नवनियुक्त पदिय कार्य सुम्पिनु पनि कारण होला परन्तु यसरी आफ्नै काखा का मान्छे (जननिर्वाचित प्रतिनिधि)का सदस्यलाई पाखा लगाई एक्लै दौडिन खोज्नु सके मूर्खताको परिपाटी पनि हुनेछ । अब पनि राजनीति हो हजूर ! मारमा पर्ने हामि जनता नै हो । आज यो पार्टी को त्यो पार्टी को भनी हिँडियो ! पुग्ने तिनै हुन्। सत्ता पद मा सबै कहाँ पुग्न सकिन्छ र ! ‘भन्ने प्रवृधिको सोच मन मस्तिष्क बाट हटाई एक पटक फेरी नयाँ आमूल परिवर्तनको ज्वाला बाल्न जरुरी छ । वास्तव मा हामी युवा जमात ले बुझ्न जरुरी के छ ? भने, जून राष्ट्र मा सही राजनीतिकरण को व्यवस्था लोकतान्त्रिक मुलक सूत्र का धार उम्रिन्छन तब,त्यस राष्ट्र ले विकास का चरण हरू पनि छिटै वृद्धि गर्ने पाउँदछन् । राष्ट्रिय हित का सन्दर्भमा सैदान्तिक पाटो लाई विचाराधीन को मूल थेगो बनाई राष्ट्रिय स्वभिमान बचाउन व्यक्ति गत स्वार्थ लाई आफू बाट पर धकेल्नु पर्यो । जनता का माझ उभिएर उनीहरु मा भएको व्याप्त समस्या को खण्डन रूपी मस्यौंदा तयार पार्न प¥यो । सिंहदरबार अनि बालुवाटार क्षेत्रमा मात्र धाउनाले गान्धा रूपी पार्टीको नाउँमा विभिन्न समाजबाट कम्नियुस्ट हरुलाई बुझियो । यो हल्ला रूपी कल्पनाशील पूर्ण भाषण त्याग्न प¥यो । यो एउटा हाम्रो लागि अनैतिक पूर्ण घटना कै रूपमा सोच्दा हुन्छ । त्यो वहोदामा बसेर जनता प्रतिको कुनै आस्थाका कदम नचल्दा कम्नियुस्ट (कमरेड)मा पनि पुँजीवादी अनि वर्ग संघर्ष मा गुज्रिएको रोग नदेखेला भन्न सकिन्न । राजनैतिक यात्रामा सदैव कदम नै चाल्न चाहने हो भने कमरेड पार्टीगत पदीय व्यक्तिगत मर्यादामा सीमितता जनाउनु भन्दा पनि पार्टी कमिटीमा आवद्ध हुँदा र रहुन्जेल समाजवाद का राष्ट्रीय हितकर वैचारिक सैदान्तिक हिसाब मा आफूलाई एक ढेक मा राख्न जरुरी छ । निन्दनीय कार्य लाई नकार्न जरुरी छ । पार्टीमा व्यक्तिगत कुकर्म लाई जोहो गत परिणाम का लागि तकर्गत माध्यम होइन । लेखक बैजनाथ गाँउपालिकाबासी हुन ।

११ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech