संसद पुर्नस्थापनाभएपछि कोहलपुरमा दिप प्रज्वलन

पिपलबाेट संवाददाता


प्रतिनिधि सभा पुर्नस्थापना भएको खुशियालीमा कोहलपुर चौराहामा दिप प्रज्वलन गरिएको छ । नेकपा प्रचण्ड–माधव नेपाल समूहले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेको भन्दै दिप प्रज्वलन गरेको छ । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पूर्ण कुमारी सुवेदीले अदालतले संसद पुर्नस्थापना गरेसँगै लोकतन्त्रको रक्षा गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध सबै लाग्न अनुरोध समेत गरेकी छिन् ।
कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले प्रतिनिधि सभाको पुर्नस्थापना गरेसँगै सर्वोच्चले संविधानको रक्षा गर्नुका साथै न्यायलाई जिवित बनाएको बताएका छन् । साथै उनले जनतको अधिकार र संघिय लोकतन्त्रीक गणतन्त्रलाई बलियो बनाउनका लागि जनताको मतको कदर अदालतबाट भएको प्रति खुशि व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै नेकपा लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपानेले सर्वोच्चले संसद पुर्नस्थापना गरेसँगै नेपाली जनताको जीत भएको बताउँदै प्रधानमन्त्री केपि शर्मा ओलीले विवेकहिन तरिकाबाट संसद विघटन गरी देशलाई अस्थिरता तर्फ लिएको आरोप समेत लगाएका छन् । साथै उनले प्रधानमन्त्रीले संविधानको हत्या गर्न खोजेको अवस्थामा सर्वोच्चले संविधानलाई जिवित बनाउन सफल भएको बताएका छन् । यसका साथै प्रधानमन्त्रीले अब संकटकाल लगाउन नसक्ने पनि उनले बताएका छन् ।

११ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech