व्यवसायको सुरक्षा, हक र अधिकारका लागि मेरो उम्मेद्वारी हो : दिपक वली

पिपलबाेट संवाददाता


यूवा समाज परिवर्तनका संवाहक हुन् । समाज परिवर्तनका लागि यूवाहरुको महत्वपूर्ण भूमिका रहन्छ । राज्यका रहेक निकायमा यूवाहरुको भूमिका शसक्त हुने गर्दछ । सकरात्मक सोचका धनि यूवाहरुले समाजको नेतृत्व गर्न सक्दछन् । तिनै यूवाहरु मध्येका एक हुन यूवा उदमान व्यवसायी दिपक वली । जो कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुन गईरहेको निर्वाचनमा लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट सदस्य पदका उम्मेद्वार बनेका छन् । कोहलपुर जिम हाउस र अनुदिप सप्लायर्सका संचालन समेत रहेका यूवा उदमान व्यवसायी वलीले आफ्नो उम्मेद्वारी व्यवसायको सुरक्षा, हक र अधिकारका लागि भएको बताएका छन् । व्यवसायीहरुका समस्याहरुलाई राज्यले उचित ढङ्गले सम्बोधन गर्न नसकेको बताउँदै उनले व्यवसायीहरुलाई लगानी मैत्री वातावरण राज्यले निर्माण गर्न आवश्यक हुने बताउँछन् । आफुजस्तै यूवाहरुलाई व्यवसायमा जोडिनका लागि आफुले कोहलपुर उद्योग वाणिज्य संघमा गएर नीतिगत व्यवस्थानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । सामाजिका कार्यमा रुचि राख्ने यूवा व्यवसायी वलीले कोरोना भाईरसमा सरकारबाट जारी गरिएको लकडाउनको समयमा अति विपन्न वर्गहरुलाई खाद्यान्न लगायतका सहयोग गरेका थिए । उनले क्वारेन्टाईन व्यवस्थापन, आईसोलेशन व्यवस्थान लगायत भारतबाट आएका नेपालीहरुलाई विभिन्न स्थानमा पु¥याउनका लागि महत्वपूर्ण भूमिका खेलेको थिए । साथै उनले ‘हुने खानेले हुँदा खानेलाई सहयोग गरौं’ भन्ने अभियानकर्तामध्ये एक उनी पनि हुन । सो अभियानले कोरोना भाईरसको महामारी बिच आर्थिक अभाव भएका आम मानिसहरुलाई सहयोग गरेका थिए । साथै वली नेपाल तरुण दल बाँके जिल्लाको सदस्य भई तरुण यूवाहरुका पक्षमा विभिन्न समयमा काम गरेको उनीमा अनुभाव समेत रहेको छ । साथै उनले खेलकुदका माध्यमबाट यूवाहरुमा सकरात्मक सोचको विकास र आर्थिक विकास हुने सोचका साथ कोहलपुरमा खेलकुदका विभिन्न गतिविधिहरु संचालन गर्दै आएका छन् । विभिन्न संघसंस्थाहरुमा आवद्ध भई समाजसेवा गरिरहेका वली कोहलपुर उद्योग वाणिज्य संघको सदस्य भई व्यवसायीहरुका साँझा समस्याहरुलाई विभिन्न दृष्टिकोणबाट समाधान गर्ने लक्ष्य लिएका छन् । कोहलपुरलाई आर्थिक हबका रुपमा विकास गर्नका लागि उद्योगि व्यवसायीहरुलाई लगानीमैत्र वातावरण निर्माण गर्न आवश्यक रहेको भन्दै त्यसका लागि आफुले पहल गर्ने लक्ष्य र उद्देश्य लिएका छन् । व्यापारीहरुको हक, अधिकार र सुरक्षाको व्यवस्था गर्नु नै आफ्नो उम्मेद्वारी भएको बताउँछन् । कोहलपुरका सम्पूर्ण व्यवसायीहरुलाई सदस्य पदमा मतदान गरी आफुलाई बिजय गराईदिन सबै व्यवसायीहरुलाई अनुरोध समेत उनले गरेका छन् ।

१४ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech