कोउवासंघको निर्वाचन विवादका कारण निर्वाचन प्रक्रिया सुचारु भएन्

महासचिवद्धारा आफु खुशि सूचना प्रकाशित गरी निर्वाचन प्रक्रिय स्थगित


पिपलबाेट संवाददाता


कोहलपुर उद्योग वाणिज्य संघको चुनावी कार्यतालिका सार्वजनिक भएसँगै एक पक्षले विवाद सिर्जना गरेको छ । महासचिव तेज प्रसाद अधिकारीद्धारा आफुखुसी हस्ताक्षर गरी कार्य समितिको बैठकको निणर्य अनुसार भन्दै अर्को निर्णय नभएसम्म निर्वाचन कार्यतालिका स्थगित भएको विज्ञप्ति माफर्त जानकारी गराएका छन् । संघका बहुसख्यक सदस्यहरुले निर्वाचन स्थगित गर्ने कुनै पनि निर्णय हालसम्म नगरेको र महासचिवद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको कार्य समितिको निर्णय अनुसार उल्लेख गरिएकोमा आफुहरुको घोर आपत्ति रहेको कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदिप भट्टराई, उपमहासचिव मात्रिका सापकोटा, सहकोषाध्यक्ष ईश्वर श्रेष्ठ लगायत बताएका छन् । साथै उनीहरुले महासचिव अधिकारीले संघको विधि र विधान मिचेर सिण्डिकेट लाद्न खोजेको आरोप लगाएका छन् ।
यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीका अनुसार समय तालिका अनुसार नै निर्वाचन हुने दाबी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बैठकमा सहभागि हुन शुक्रबार काठमाडौं आईपुगेको बताउँदै आफु काठमाडौंबाट आएपछि कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन गराएर छाड्ने र कसैलाई बिना अधिकार निर्वाचन स्थगित गर्ने अधिकार आफुले नदिएको बताएका छन् । साथै उनले निर्वाचन तोकेकै मितिमा हुने भन्दै भम्रमा नपर्न सम्पूर्ण कोहलपुरका उद्योगि व्यवसायीहरुलाई अनुरोध समेत गरेका छन् । कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुन गईरहेको निर्वाचन समितिका निर्वाचन अधिकृत लोक बहादुर शाहले संघको निर्वाचन कार्यतालिका अनुसार फागुन १३ गते बिहान १२ बजे मतदाता नामावली निर्वाचन समितिलाई बुझाउनुपर्ने थियो तर कोहलपुर उद्योग वाणिज्य संघले मतदाता नामावली निर्वाचन समितिलाई नबुझाएपछि कार्यतालिका समय अनुसार अगाडि बढाउन नसकिएको बताएका छन् । साथै उनले शनिबार (आज) वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले सम्पूर्ण प्रक्रिया सुरु हुने बताएकाले मतदाता नामावली निर्वाचन समितिको हातमा आएपछि निर्वाचन प्रक्राय सुचारु हुने बताएका छन् । निर्वाचन अधिकृत शाह कोहलपुर उद्योग वाणिज्य संघका कानूनी सल्लहाकार समेत हुन् । त्यस्तै नेकपा निटक साझा समावेशी प्यालनबाट अध्यक्ष पदका उम्मेद्वार विष्णु खनालले कोहलपुर उद्योग वाणिज्य संघको विधि र विधानमा भएको व्यवस्था अनुसार निर्वाचन प्रक्रिया अगाडि बढ्नुपर्ने र छुटेका सदस्यहरुको छानविन गरी उचित व्यवस्थापन गर्नुपर्ने जिम्मा कोहलपुर उद्योग वाणिज्य संघको रहेको बताएका छन् । त्यस्तै नेपाली काँग्रेस निकट लोकतान्त्रीक समावेशी व्यवसायिक सूमहबाट अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले निर्वाचन स्थगित गर्न उद्योग व्यवसायिहरुको भावना विपरित भएको बताउँदे तोकेकै मितिमा निर्वाचन हुने बताएका छन् । साथै उनले फागुन १२ गते बसेको कोहलपुर उद्योग वाणिज्य संघको बैठकले साधारण सदस्य ३२ सय ६२, एशोसियट सदस्य ६६ र वस्तुगत सदस्य १० भएको प्रमाणित गरिसकेको हुँदा सदस्यमा कुनैपनि विवाद नरहेको बताएका छन् ।

संघको निर्वाचनका लागि मतदाता नामावली प्रकाशनमा केही उद्योगी व्यवसायीहरुको नामावली छुटेको बताए पनि उद्योग वाणिज्य संघले भने अन्तिम नामावली प्रकाशन भन्दै नगदी रसिद काटेर नामावली माग बमोजिम वितरण गरेको छ ।

१४ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech