कोहलपुर नगरपालिका भित्र करिब नौ सय व्यक्ति अपाङ्ग

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकामा अपाङ्गता भएको व्यक्तिहरुको संख्या आठ सय ७४ जना रहेको कोहलपुर नगरपालिकाको महिला तथा बालबालिका शाखाले जानकारी दिएको छ । कोहलपुर नगरपालिकाले दुई वर्ष अगाडि गरेको सर्वेक्षणमा सात सय ९० जना अपाङ्गता भएको तथ्याङ्गक सार्वजनिक भएको थियो । आर्थिक वर्ष २०७७÷०७८को साउनदेखि हालसम्म ८४ जना नयाँ अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण गरिएको कोहलपुर नगरपालिकाकी उपप्रमुख एवम् अपाङ्ग समन्वयन समितिकी अध्यक्ष सञ्जु कुमारी चौधरीले जानकारी दिएकी छिन् । राज्यले अपाङ्गता भएका व्यक्तिहरुलाई चार वर्गमा विभाजन गरिएको र कोहलपुर नगरपालिकाले अपाङ्गताको स्वरुप अनुसार अपाङ्गता परिचय पत्र उपलब्ध गराउँदै सोहि अनुसार वर्गिकरण गरिएको बताएकी छिन् । महिला तथा बालबालिकाशाखाकी प्रमुख रिना थापाले आर्थिक वर्ष २०७७÷०७८को साउनदेखि हालसम्म ५० जना शारीरिक अपाङ्ग, ११ दृष्टि सम्बन्धीका अपाङ्ग, चार जना सुनाई सम्बन्धीका अपाङ्ग, तीन जना बोलाई सम्बन्धीका अपाङ्ग, नौ जना बौद्धिक अपाङ्ग, दुई जना मानसिक अपाङ्ग र पाँच जना बहु अपाङ्गलाई परिचय पत्र वितरण गरिएको बताईन् । अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको अवस्था अनुसार राज्यले विभिन्न सहयोग गर्नुपर्ने अपाङ्गता नवजीवन केन्द्रकोहलपुरका अध्यक्ष दयाराम अधिकारीले बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहयोग गर्दै आईरहेको बताउँदै गम्भिर प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् । कोहलपुर नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई स्थानिय सरकार, विभिन्न संघसंस्थाहरुले आवश्यक सामाग्री लगायतका अन्य सहयोग गरिरहेको जानकारी दिँदै अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवनलाई सहज बनाउनका लागि आवश्यक नीति लिनुपर्ने बताएका छन् । स्थानिय सरकारले अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि स्थानिय सरकारले आवश्यक नीति लिई विभिन्न सामाग्रीहरु सहयोग गरिरको र आगामि दिनहरुमा पनि अपाङ्गताको प्रकृति अनुसार स्थानिय सरकारले सहयोग गर्ने उपप्रमुख चौधरीले प्रतिवद्धता समेत व्यक्त गरेकी छिन् । विशेष गरी प्राकृतिक र विभिन्न दुर्घटनाबाट व्यक्तिहरु अपाङ्ग हुने भन्दै अपाङ्गताको प्रकृति अनुसार विश्वमा प्रयोगमा आएका विभिन्न प्रविधिहरुको व्यवस्था मिलाउन अपाङ्ग नवजीवन केन्द्रका अध्यक्ष अधिकारी बताउँछन् । अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष गरी सहायक सामाग्रीको आवश्यकता पर्ने गर्दछ ।

१४ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech