नेपाली समाजमा पुरुषवादी सोचबाट ग्रसित बन्दै आएको छ । पुरुषहरुले समाजको नेतृत्व गर्नुपर्ने, घरभन्दा बाहिरको काम गर्नुपर्ने, व्यापार उद्योगि कलकारखानामा काम गर्ने देखि काममा लगाउन र काम दिने सबै पुरुषहरु हुँदै आए । राज्यले विभिन्न निकायहरुमा पनि पुरुषहरुकै बाहुल्यता कायमै छ । एउटा महिलालाई सामाजिक जीवन बनाउन र नेतृत्वमा पुग्नका लागि धेरै ठुला चुनौतिहरुको सामाना गर्नुपर्ने हुन्छ । एउटा नारीले आफ्नो घरदेखि बाहिर आएर समाजको नेतृत्व गर्नसम्मको हुनका लागि आफ्नो जीवनकालमा धेरै अप्ठ्याराहरु पार गर्नुपर्ने हुन्छ । तिनै विभिन्न चुनौतिहरुलाई आफ्नो जीवनमा सहजरुपमा पार लगाउँदै आफ्नो सामाजिक जीवनलाई नेतृत्व तहमा पु¥याउन सफल भएकी छिन् यूवा व्यवसायी संगिता सुवेदी । बाँकेको कोहलपुर–११मा रहेको दिपेन्द्र फेन्सी स्टोरकी संचालक समेत रहेकी उनी व्यवसाय सँगै सामाजिक कार्यमा अग्रसर एक सामाजिक अभियानता समेत हुन् । कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुनगईरहेको निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट वाणिज्य तर्फको उपाध्यक्ष पदकी उम्मेद्वार संगिता सुवेदीले अहिले निर्वाचन लक्षित घरदैलो अभियान कार्यक्रममा सक्रिय रहेकी छिन् । उनले व्यवसायीहरुसँग आफुलाई निर्वाचनमा बिजय गराउनका लागि अनुरोध गरिरहेकी छिन् । कोहलपुरमा २० वर्षदेखि व्यवसायी गर्दै आईरहेकी सुवेदी व्यवसायिक जीवनसँग सँगै उनी विभिन्न संघसंस्थाहरुमा आवद्ध भई सफल नेतृत्व प्रदान समेत गरिसकेकी छिन् । कोहलपुर जेसीज वर्ष २०१९ को अध्यक्ष जस्तो पदमा रहि उनले जेसीजमा आवद्ध यूवाहरुलाई सफल नेतृत्व प्रदान गरेकी हुन् । उनी जेसीज अध्यक्ष हुँदा यूवाहरुको नेतृत्व विकास र व्यत्तित्व विकासका विभिन्न तालिमहरुको आयोजना गरि सहजिकरण गरेकी हुन् भने विभिन्न स्वास्थ्य शिविर, दाँत शिविर लगायत अन्य विभिन्न सामाजिका कार्यहरु गरेकी थिईन् । त्यस्तै उनी लायन्स क्लब अफ कोहलपुर कस्तुरीको अध्यक्ष भई विभिन्न सामाजिक कार्यहरु गरिरहेकी छिन् । समाजमा बढिरहेका हत्या हिंसाका विरुद्ध उनीले अग्रमोर्चामा रहेर नेतृत्वदायि भूमिका खेल्दै आएकी छिन् । संघको वाणिज्य तर्फको उपाध्यक्ष पदकी उम्मेद्वार सुवेदीले निर्मला पन्त बलात्कार पछिको हत्याकाण्ड र भागरथी भट्टको बलात्कार पछि हत्याको घटनामा दोषिलाई कारवाहीको माग गर्दै कोहलपुरमा महिलाहरुलाई संगठित गराई घटनाका दोषिलाई कारवाहीको माग गर्दै आन्दोलनको नेतृत्व समेत प्रदान गरेकी छिन् । नेपालको कला साहित्यको विकासका लागि उनले महत्वपूर्ण भूमिका खेल्दै आएकी छिन् । नेपाली महिलाहरुको महान पर्व तीजलाई उनै सुवेदीले सामाजिक रुपमा सकरात्मक सन्देश दिने खालका विभिन्न कार्यक्रमहरुका बिचमा सम्पन्न गर्ने नेतृत्व समेत प्रदान गरिरहेकी छिन् । उनी हाल नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान बाँकेको सल्लहाकार समेत रहेकी छिन् । सामाजसेवालाई आफ्नो धर्म मान्ने सुवेदीले आफ्नो प्रत्येक वर्षको जन्म दिनमा दृष्टिबिहिन विद्यार्थी र निलसागर आश्रममा रहेका वृद्धवृद्धाहरुसँग मनाउने गरेकी छिन् । दृष्टिविहिन विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री प्रदान गर्दै आएकी छिन् भने वृद्धवृद्धाहरुलाई जन्मदिन विशेष पारेर विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउने गरी छिन् । सुवेदीले नेपालमा आएका विभिन्न खाले प्राकृतिक विपद्का समयमा पनि विभिन्न सहयोग गर्दै आएकी छिन् । कोरोना भाईरसको महामारी पछि सरकारले जारी गरेको लकडाउनका बिचमा कोहलपुर नगरपालिका भित्रका १५ वटै वडामा लकडाउनको समयमा सुत्केरी भएका महिलाहरुलाई अण्डा, ध्यू, नुन, तेल लगायत अन्य पौष्टिक खानेकुराहरु उनले उपलब्ध गराएकी हुन् । प्राकृतिक विपद्को सारथी बनेकी वाणिज्य तर्फको उपाध्यक्ष पदकी उम्मेद्वार सुवेदी जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको सदस्य समेत भई आफ्नो जिम्मेवारी निर्वाह गरिहेकी छिन् । यसका साथै उनी नेपाल रेडक्रस सोसाईटी उप–शाखा कोहलपुरकी विशिष्ट सदस्य समेत रहेकी छिन् । समाज रुपान्तरण अभियानमा जोडिएकी सुवेदीले कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आफुलाई वाणिज्य तर्फको उपाध्यक्ष पदमा निर्वाचित गरिदिन व्यवसायीहरुसँग आग्रह गरेकी छिन् । कोहलपुर उद्योग वाणिज्य संघको एक कार्यकाल सदस्य पदमा रहि आफ्नो जिम्मेवारी पुरा गरेकी सुवेदीलाई संघकै नेतृत्व तहमा पुगेर व्यवसायीहरुका साँझा समस्याहरुलाई सम्बोधान गर्ने धोको रहेको बताउँछिन् । कोहलपुरलाई आर्थिक रुपमा सम्पन्न बनाउन, व्यापारिक केन्द्रका रुपमा विकास गर्न, कोहलपुरलाई नेपालकै नमूना शहर निर्माण गर्नका लागि आफुले काम गर्ने प्रतिवद्धता सहित उनले मतदातासँग मतदान गरी बिजय गराईदिन आग्रह गरेकी छिन् । संघको नेतृत्व तहमा पुगेर महिला उद्यमिहरुका लागि विशेष नीति नियमहरु निर्माण गरी काम गर्ने प्रमुख उद्देश्य रहेको बताएकी छिन् । नेपालको उद्योग व्यवसायीहरुमा महिलाहरुलाई स्थापित गराई महिलाहरुलाई आर्थिक रुपान्तरण अभियानमा जोड्ने सोचका साथ आफु निर्वाचनको मैदानमा आएको बताउँछिन् । नेपाली नारीको विभिन्न शक्ति र स्वरुपलाई प्रयोगमा ल्याउनुपर्ने भन्दै महिलाहरुलाई उद्यमी र व्यवसायी बनाउनका लागि महिलाहरु नै नेतृत्व तहमा पुग्नु आजको आवश्यकता भएको उनी बताउँछिन् । कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्व तहमा पुगेर व्यापारीहरुको साँझा समस्यालाई आत्मासाथ गर्दै महिला व्यवसायीहरुलाई सहज रुपमा आफ्ना व्यापार व्यवसायी गर्ने वातावरण निर्माणका लागि पहल गर्ने उनले प्रतिवद्धता जनाएकी छिन् । साथै उनले कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट वाणिज्य तर्फको उपाध्यक्ष पदमा मतदान गरी बिजय गराईदिन हुन सम्पूर्ण उद्योगि, व्यापारीहरुलाई हार्दिक अनुरोध गरेकी छिन् ।