उद्योगी व्यवसायीमैत्री नीति लिएर काम गछौं : सापकोटा

पिपलबाेट संवाददाता


२०६२ सालदेखी कोहलपुरमा बसोबास गर्दै व्यवसायिक क्षेत्रमा राम्रो पहिचान बोकेका व्यक्ति हुन मात्रृका सापकोटा । हरेक क्षेत्रमा युवा क्षेत्रको सफल नेतृत्व सहित कोहलपुर क्षेत्रको प्रगतीका लागी निरन्तर लागि पर्ने युवामध्येका एक हुन सापकोटा । उद्योग वाणिज्य संघको सल्लाकारको पदको जिम्मेवारी समाल्दै ८ औँ महाधिवेशनमा उपमहासचिव पदमा निर्वाचित भएका सापकोटा यस पटक भने महासचिव पदका लागि चुनावी मैदानमा होमिएका हुन । संजिता अटोपार्टस व्यवसायका रुपमा परिचत सापकोटा कोहलपुर अटो एशोसियसन को उपाध्यक्ष पदमा रहेर काम गर्ने अवसर मिलेको थियो । नेपाल अटो व्यवसायी महासंघको केन्द्रिय सदस्य रहेका सापकोटा कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने धोको रहेको छ । कोहलपुर क्षेत्रमा रहेका आम व्यवसायीहरुको हकहितका लागि र साना देखी ठूला व्यवासायीहरुको समस्यालाई समधान गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउछन् संघको फागुन २२ गते अधिवेशन हुँदैछ । अधिवेशनका लागि अहिले निर्वाचन समितीले तालिका अनुसार आफ्नो काम अगाडी बढाएको छ । कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा दर्ता भएका उद्योगी व्यवसायीहरुले मात्र मतदानमा भाग लिन पाउनेछन् । कोहलपुर उद्योग वाणिज्य संघको चुनावी गर्मी दिनप्रतिदिन बढिरहेको छ । २ खिमाबाट चुनावी मैदानमा उम्मेदारहरु चुनावी मैदानमा होमिएका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह र साझा समावेशी उद्योगी व्यवसायी समूह र बीच चुनावी मैदानमा होमिएका हुन् । यसै सन्दर्भमा हामीले कोहलपुर उद्योग वाणिज्य संघको ९औँ अधिवेशनमा महासचिव पदको उम्मेदवर दिएका मात्रिका सापकोटा संग संघको चुनावी गतिविधीका बारेमा पीपलबोट दैनिकका रिर्पोटर स्याम विष्ट गरेको संक्षिप्त कुराकानी :

१. तपाईको परिचय ?
– नमस्कार म मात्रृका सापकोटा । मेरो स्थायी ठेगाना कोहलपुर नगरपालिका वडा नं. १२ बाँके हाल म संजिता अटोपार्टस व्यवसाय २०६२ सालदेखी संचालन गरिरहेको छु । कोहलपुर उद्योग वाणिज्य संघको ८ औँ अधिवेशनमाबाट उपमहासचिव पदको निर्वाचित सदस्य पनी हुँ ।

२. कोहलपुरमा तपाई व्यवसाय संचालन गरेको कति वर्ष भयो ?
– २०६२ सालदेखी कोहलपुरमा अटोपार्टस व्यवसाय शुरुवात गरे । अहिले पनी सोही व्यवसाय संचालन गरिरहेको छु । त्यसभन्दा पहिलेपनी म बर्दिया जिल्लाको मैनापोखरमा २०५७ सालमा व्यवसाय संचालन गरेको थिए ।

३. कोहलपुर उद्योग वाणिज्य संघको उप–महासचिव भएर काम गरिसक्नुभयो, फेरी तपाईको महासचिव पदको उम्मेद्वारी किन ?
– कोहलपुर उद्योग वाणिज्य संघको ८ औँ अधिवेशनबाट उप– महासचिव पदमा रहेर काम गर्ने अवसर मिल्यो । उद्योग व्यावसायी मित्रहरुले जुन विश्वास र भरोसाले बिजय गराउनु भयो त्यसका लागि धन्यवाद दिन चाहान्छु । आम उद्योगी व्यवसायी हकहितकालागि हामीले निरन्तर काम ग¥यौँ । क्षेत्रगत अनुसार हामीले थुप्रै कामहरु गरेका छौँ । हाल बन्दै गरेको उद्योग वाणिज्य संघको भवनलाई पूरा गर्ने लक्ष्य पनी रहेको छ । कोहलपुरलाई हरित कोहलपुर बनाउन विशेष भुमिका हामीले खेल्यौ र खेल्नेपनि छौँ । एकातर्फ कोहलपुरका उद्योगी व्यवसायीहरुको थुप्रै समस्याहरु छन् । ती समस्याहरु समाधान गर्न र उद्योगी व्यसायीहरुको जायज मागहरुलाई पुरा गर्न मेरो उम्मेद्वारी हुनेछ । यस पटकको ९ औँ महाधिवेशनबाट युवापंक्ती लक्ष्मणराज पौडेलको नेतृत्व सहितको टिम सहित चुनावी मैदानमा होमिएका छौँ । कोरोना भाइरसका कारण हाम्रा साना, मझौला र ठूला व्यवसायीहरु धरापमा परिरहेका छन् । यिनै थुप्रै समस्यालाई समधान गर्नका लागि मेरो उम्मेदवारी हो । साथै निर्वाचित भएर प्रत्येक रुपमा बास्तविक उद्योगी व्यवसायीहरुको समस्याहरु समधान गर्ने मेरो प्रमुख लक्ष्य हो ।
४. गुट र उपगुट बनाएर व्यवसायीहरुको समस्या समाधान हुन्छ ?
– यो स्वभाविक प्रक्रिया हो । लोकतन्त्रमा सबैले आफ्नो आफ्नो उम्मेदारी दिन पाउने प्रतिस्पर्धा गर्न पाउने स्वभाभिक हो । तर उद्योगी व्यवसायीहरुले बुझ्न पर्ने कुरा के हो भने पदिय दायित्वमा पुगेपछी हाम्रा समस्याहरु कसले समाधान गर्न सक्छ भन्ने मुल प्रश्न हो, यसमा सबै उद्योगी व्यापारीहरुले प्रष्ट रुपमा उम्मेद्वारीको क्षमता, योग्यता बुझनुभएको छ भन्ने हो यसलाई अन्यथा लिनु हुँदैन । प्रतिस्पर्धाबाट योग्य, दक्ष र काम गर्ने व्यक्ति उद्योग वाणिज्य संघमा निर्वाचित गराउनुहुनेछ हामी पूर्ण आशामा छौं ।

५. संघको आठौँ अधिवेशनबाट निर्वाचित भएका उद्योग वाणिज्य पदाधिकारीहरुले काम गर्न सकेन भन्ने आरोप आइरहेको छ नि ?
– प्रश्नका लागि धन्यवाद । कोहलपुर उद्योग वाणिज्य संघले जहिले पनि कोहलपुरमा रहेका उद्योगी, व्यवसायी र आम नागरिकहरुका हितका लागि काम गर्दै आएको छ । हामीले नगरपालिका संग समन्वय गरेर होस यहाँका संघसंस्था र विभिन्न सरोकारवालाहरु संग राय परामर्श लिएर आफ्ना कामहरु गरिरहेका छौँ । आरोप प्रत्यारोप आउँछ काम गर्ने शिलसिलामा र कमिकमजोरी हुँदैन भन्ने हैन तर सकरात्मक पाटोबाट हेर्नुभयो भने थुप्रै कामहरु गरेका छौँ ।

६. उद्योगी व्यवासायीहरुको समस्या प्रति तपाईहरुको ध्यान कहिल्यै गएन भन्ने आम नागरिकहरुबाट जनगुनासो आइरहन्छ यस विषयमा तपाईको धारणा के हो ?
– अहिले पनि कोहलपुर उद्योगी व्यवसायीहरुको समस्याहरु उत्तिकै छन् । संघ र व्यापारीहरुको बिच दुरी टाढा रहेको अनुभुती भइरहेको छ । हामी यिनै मुद्धा विषयमा व्यापारीहरुका प्रत्येक समस्याहरुलाई समधान गर्न सकियोस् हामी त्यहाँ जोडिन चाहान्छौँ र हाम्रो उद्देश्य पनी त्यही हो । नागरिकहरुका गुनासो आउन स्वभाविक पनि हो । उद्योगी व्यापारीका थुप्रै समस्याहरु छन् तर समाधानको बाटो तिर नगएको यर्थात जस्तै पनी हो ।

७. उद्योग वाणिज्य संघको चुनावको बेलामा मात्र व्यवसायी दर्ता गर्ने तपाईको प्रचलन कहिले अन्त्य हुन्छ ?
– कोहलपुरमा रहेका सबै उद्योगी व्यवसायीहरु दर्ता, नविकरणका लागी हामीले बारम्बार व्यवसायीहरुलाई जानकारी गराएका हौँ । केही प्राविधिक कारण व्यवसायी दर्ता नविकरण गर्ने कार्य ढिला भयो होला तर पनि उद्योगी व्यवसायीहरुले समयमै पनी गरेका छन् । हामीले यस विषयलाई विशेष ध्यान दिएका छौं, भने आगामी दिनमा उद्योगी व्यवसायीहरुको घरेलु र भ्याट सम्बन्धीको राजश्व संकलन, नविकरण दर्ता सम्बन्धी उद्योग वाणिज्य संघको कार्यालयमै सेवाग्राहीले समयमै बुझाउने वातावरणको सिर्जना गर्नेछौँ ।
८. निर्वाचनको मैदानमा पुग्दा आम उद्योगी व्यवसायीहरुबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
– कोहलपुर उद्योग वाणिज्यको निर्वाचनमा मात्र हैन हामी समय समयमा उद्योगी व्यवासायहरुको समस्या समाधानका लागि घरदैलोमा यसभन्दा पहिले पनी पुग्दै आएका छौँ । आम उद्योगी व्यवसायीहरुको फरक फरक समस्याहरु रहेका छन् । भाडामा व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुका समस्या छुट्टै छन् । ठेला व्यवसायहरुका समस्या छुट्टै छन् । अन्य व्यवसायीकहरुका समस्याहरु पनि छन् । यस पटकको ९ औँ अधिवेशनमा युवा पुस्ताको दक्ष, सक्षम नेतृत्वको उद्योगी व्यवसायीहरुले चाहिरहेका छन् । घरदैलोमा पुग्दा व्यवसायी मित्रहरुले उठाएका समस्या, सुझाब,सल्लाहरुलाई संकलन गरेका छौँ । निर्वाचन पश्चात हामी फेरी घरदैलो अभियान पनी गर्नेछौँ र उहाँहरुका समस्या समधान गर्ने हाम्रो प्रमुख दायित्व रहनेछ ।

९. अन्तमा तपाइको केही भन्नु छ ?
अन्तमा आफ्ना अमूल्य सुझाव र उद्योग वाणिज्य संघको बारेमा आफ्नो बिचारहरु राख्ने अवसर दिनुभयो त्यसका निन्ती तपाईको सिंगो मिडिया परिवारलाई धन्यवाद दिन चाहान्छु । हामी उद्योगी व्यापारीहरुले व्यवसाय दर्ता गरि संचालन गरौँ समयमै आफ्ना व्यवसाय उद्योग नविकरण गरौँ । राष्ट्र निर्माणमा उद्योगी व्यापारीहरुको महत्वपूर्ण योगदान हुन्छ । उद्योगी व्यापारीहरुले आफ्नो हकतिका लागि सक्षम एवं इमान्दारिता सहित फागुन २२ गते हुर्ने उद्योग वाणिज्य संघको निर्वाचनमा आम कोहलपुर क्षेत्रका उद्योगी व्यवसायीहरुले आफ्नो अमुल्य मतदात प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह लक्ष्मणराज पौडेलको नेतृत्वको समूहलाई मतदान गरी बिजय गराउनुहुनेछ भन्ने पूर्णआशा लिएको छु ।

 

१७ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech