आफ्नो संस्कृतिको संरक्षण गर्दै कोहलपुरका मगर सामुदाय

स्याम विष्ट / बाँके


पछिल्लो समय नौमती बाजा लोपोन्मुख अवस्थामा छ । विवाह, प्रतबन्ध, पुजापाठमा नौमती बजाउने प्रचलन विस्तारै हराउँदो अवस्थामा छ । झ्याँई–झ्याँई नौमती बाजा बजाएर गरिने विबाह पछिल्लो समय मध्यपश्चिममा संस्कृतिको आगमनले हराउँदै जान थालेको हो । लोक संस्कृतिसंग जोडिएको नौमती बाजा नेपालीको मौलिकता पनि हो । तर त्यहि मौलिकता हराउँदै जान थालेपछि यससंग सम्बन्धीत मगर समुदाय समेत चिन्तित छन् । परियार समुदायले मात्रै बजाँउदै आएको बाजा पछिल्लो समय क्लब तथा मगर समदायले समेत यसको संरक्षणका लागी विशेष अभियान संचालन गरिएको छ । नेपाल मगर संघ कोहलपुर नगर कार्य समितिका अध्यक्ष कृष्ण बहादुर पुन मगर सहितको कार्य समितिले मगर सामुदायको पुर्खेली कला संस्कृति, भाषा संरक्षणका लागि आफ्नो अभियान थालेका छन् । विभिन्न जिल्लाबाट कोहलपुरमा बसाई गरेका मगर समुदायहरुलाई एकतावद्ध गराउन पुन मगर सहितको टिम अग्रसर देखिएको हो । सो नेपाल मगर संघ कोहलपुर नगर कार्य समितिमा सचिव खगिसरा राना मगर, कोषाध्यक्ष मिनापुन मगर, वडा अध्यक्ष कालि बहादुर पुन मगर, लुम्बिनी प्रदेश सदस्य भुपेन्द्र पुन मगर लगायतको टिमले आफ्नो मगर सामुदायको पहिचान जोगाउनका लागि विशेष अभियान संचालनमा ल्याएका हुन् ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नंं. ५ का ५६ वर्षिय पूर्ण बहादुर पुनमगर नौमती बाजा संरक्षणका लागि परेका छन् । २०७३ सालदेखी नौमती बाजा संरक्षणका लागि ११ सदस्य समिती बनाएर पुनमगर निरन्तर लागि परेका हुन । शनिबार नेपाल मगर संगको ३९ औँ मगर दिवसको अवसरमा पुनमगरको समूहले नौमती बाजा सहित कार्यक्रममा समावेश भए । उमेर ढल्कदै गएपछी नौमती बाजा संरक्षण कसरी गर्ने हो भन्नेमा पुनलाई निकै चिन्ता र चासो रहेको छ । पुनका अनुसार नयाँ पुस्ताले खास्सै चासो नदिएको र स्थानिय तहबाट पनि कुनै सहयोग नभएको सञ्चारकर्मी संग गुनासो व्यक्त गरे । बाल्यकालदेखि नै बाजा बजाउँदै आएका ५६ वर्षिय पुन बाउ बाजेका पालादेखि नै बजाइँदै आएको बताए । पढेलेखेका पुस्ता अन्य रोजगार तथा पेशामा लागे पनि पुरानो पुस्ता भने बाजामै निर्भर रहेको पुनको भनाई छ । आफ्नै लगानीमा नौमती बाजा व्यवस्थापन गरेको पुनमगर बताउँछन् । शुभ कार्यमा नौमती बाजाको माग भएअनुसार बाँकेका विभिन्न ठाँउहरुमा पुनमगरको समूह पुग्ने गर्दछ । पहाडी जिल्ला जाजरकोट, दैलेख, सुर्खेतबाट कोहलपुरमा बसोबास गरेका व्यक्तिहरुको उक्त समूह मा रहेका छन् । नौमती बाजा संरक्षणका लागि निरन्तर लागि परेको अर्का व्यक्तिहुन खजुराका गंग बहादुर थापा मगर । चितवनबाट २०३३ सालमा खजुरा गाँउपालिका वडा नं. ३ धौलागिरी गाँउका थापामगरको पनी नौमती बाजा बजाउन सिकेको झण्डै १८ वर्ष पुरा भएको छ । नौमती बाजा संरक्षण खजुराका अध्यक्ष समेत हुन । थापामगरका अनुसार नौमती बाजाका लागी माग भएमा बिस हजार भन्दा माथी समूहले लिने गरेको र केही रकम कोषमा जम्मा गरेको बताए । थापामगरका अनुसार बाजा बजाउदैमा सानो जात भइन्छ भन्ने सोच थियो, अहिले बिस्तारै मानिसहरुमा चेतना बढेको छ । शुभ तथा अशुभ कार्यहरुमा समेत बाँकेका विभिन्न ठाँउहरुबाट आफ्नो समूहको माग भइरहेको बताए । मगर समुदायको धर्म, संस्कृती, भेषभुषा संरक्षणका साथै सामाजिक कार्यहरुमा समेत सहयोग गर्दै आएको थापामगरले बताए । ‘पहिले पहिले गाउँमा विवाह, चाडपर्व विभिन्न कार्यक्रम हुँदा बाजा बजाएर नाचगान गरेर रमाइलो गरिन्थ्योे । पछि विस्तारै लोप हुदै गएपछि पुरानो संस्कृति हराउदै गएको छ ।’ गाउँदेखि सहरसम्म विवाह देखि भोज भतेरमा विदेशी बाजा, डेक र संस्कृति भित्रिदा पुराना परम्परागत कला संस्कृति हराउदै गई रहेको उनको भनाई छ । परम्परादेखि गाउँघरमा हुने विभिन्न चाडपर्व, विवाह तथा अन्य कार्यक्रममा पछिल्लो समय बाजाको माग बढे पनि बाजा बजाउने जनशक्तिको अभाव रहेको देखिन्छ । उनले भने ‘पहिले पहिले गाउँमा विवाह, चाडपर्व विभिन्न कार्यक्रम हुँदा बाजा बजाएर नाचगान गरेर रमाइलो गरिन्थ्योे । पछि विस्तारै लोप हुदै गएपछि पुरानो संस्कृति हराउदै गएको छ ।’ कला र संस्कृतिको संरक्षण गरेर मात्रै समृद्ध समाज हुने हुने विश्वासका साथ मौलिक बाजा बजाउन थालेको र यसबाट रकम पनि राम्रै संकलन भई रहेको कोहलपुर नगरपालिका वडा नं.५का गंग बहादुर काउचामगर बताउँछन् । परियार समुदायका व्यक्तिले बजाउँदै आएको पञ्चेबाजा अन्य समुदायले पनि सिके पुराना संस्कृतिको सरक्षणमा मद्यत पुग्ने उनको भनाई छ । परियार समुदायका युवापुस्ताले मात्रै पञ्चेबाजाको संरक्षण गर्न सम्भव नभएकाले अन्य समुदायका युवा पुस्ताले पनि अवलम्बन गर्नु पर्ने उनले बताए ।

१७ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech