व्यवसायिक एकताका लागि मेरो उम्मेद्वारी हो : चण्डी प्रसाद गैरे

पिपलबाेट संवाददाता


मानिस जन्मेपछि आफ्नो जीवन कालमा कुनै न कुनै पेशालाई आत्मासाथ गरेको हुन्छ । जीवन भर मानिसले आफ्नो पेशा प्रति प्रतिवद्ध हुनु पर्दछ । आफुले आत्मासाथ गरेको पेशा प्रतिवद्ध हुनु र आफ्नो क्षेत्रलाई समाजमा राम्रो छवि बनाउनका लागि विशेष भूमिका खेल्ने गर्दछ । व्यापार व्यवसाय गर्नेहरु आफ्नो व्यवसायिक क्षेत्र प्रति प्रतिवद्ध हुन्छ । व्यवसायिक क्षेत्रलाई आम जनताको भावना अनुसार सञ्चालन ल्याउन व्यवसायीहरु कटिबद्ध हुन्छ । आफ्नो व्यवसायी क्ष्ोत्रमा सफल एक व्यक्ति हुन चण्डी प्रसाद गैरे । कोहलपुरमा विगत २०६५ सालबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेको गैरले गैरे अफसेट प्रेस संचालनमा आएका छन् । व्यवसायसँगै गैरे सामाजिक कार्यमा पनि अग्रसर रहेका छन् । गैरे २०७४ लामा कोहलपुर सुधार समाजको अध्यक्ष, नेपाल भारत मैत्रीसंघ काहेलपुर उपशाखाको सभापति, चिल्ड्रेन पार्क संरक्षक समिति संयोजक, नेपाल मुद्रण संघ बाँकेको अध्यक्ष, लायन्स क्लब ३२५ बि २ यरिया सिक्सको जोन पर्सन र कोहलपुर उद्योग वाणिज्य संघको सदस्यमा रहि आफ्नो नेतृत्वदायि भूमिका पुरा गरेका छन् । यसका साथै गैरे नेपाल घरेलु महासंघ जिल्ला प्रतिनिधि समेत भएका छन् । सामाजिक कार्यमा अग्रसर गैरेकै नेतृत्वमा विभिन्न समयमा रगत अभावनलाई कम गर्नका लागि विभिन्न सयममा रक्तदान कार्यक्रमको आयोजना गर्दै हुँदै आएको छ । विभिन्न विपद्को बेला राहतको सहयोग गर्दै आएका सहयोग भावनामा व्यक्ति समेत हुन् । कोहलपुर क्षेत्रको विकास र समृद्धिका लागि व्यवसायिक क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलिरहेका गैरे कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्री समावेशी व्यवसायी समूहबाट उद्योग तर्फको उपाध्यक्ष पदका उम्मेद्वार हुन् । कोहलपुर उद्योग वाणिज्य संघमा रहि व्यवसायिक एकतामा आफु काम गर्ने लक्ष्य रहेको बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघ र घरेलु उद्योग महासंघ बिचको विवादलाई अन्त्य गरी व्यवसायिक एकता गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् । यसका साथै कोहलपुर क्षेत्रको व्यवसायिक क्षेत्रमा देखिएका समस्याहरुलाई नजिकबाट बुझेको र ति समस्याहरुलाई समाधान गर्नका लागि विशेष पहल गर्ने लक्ष्य लिएका छन् । व्यवसायिक क्षेत्रलाई आम जनताको पक्षमा बनाउन गैरे लागि पर्ने प्रतिवद्धता समेत जनाएका छन् । तिनै समाजसेवि गैरेले आफुलाई निर्वाचित गराई कोहलपुर क्षेत्रका उद्योगि व्यवसायीहरुको पक्षमा काम गर्ने अवसर दिन सम्पूर्ण व्यवसायहरुलाई आग्रह गरेका छन् ।

१७ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech