बागेश्वरी यातायातको मनपरी, राधाकृष्ण यातायात प्रालिले पाएन काउन्टर

पिपलबाेट संवाददाता


कोहलपुर बसपार्कको ठेक्का लिएको बागेश्वरी यातायात व्यवसाय प्रा.लि. ले दादागिरीको भरमा सिन्डिकेट जारी राखेको छ । राधाकृष्ण यातायात सेवा प्राली नेपालगन्ज ले माघ २६ गते काउन्टर माग गरेपनी हालसम्म बसपार्क मा काउन्टर पाएका छैनन् । पटक पटक लिखित रूपमा आग्रह गर्दा समेत अटेरी गरेको राधाकृष्ण यातायात पा.ली. का अध्यक्ष सनत रेग्मीले बताए । रेग्मीका अनुसार आफुलाई बसपार्क भित्र काउन्टर जस्तो भएपनी सेवा दिन तयार रहेको बताए । नेपालगन्ज बसपार्क देखि सेवा आरम्भ गरिएको भए पनि कोहलपुरमा भने अबरोध गरेको छ । बागेश्वरी यातायात लाई पुरानै धङधङी रहेको स्थानियले बताए । बागेश्वरी यातायात प्रा.ली.का अध्यक्ष मन प्रसाद आचार्यले ठाउँ नदिनी आसयको कुरा गर्दै अन्य बस समिति संगको छलफल पछि काउन्टर दिने बताएका छन् । । यातायात क्षेत्रमा मौलाउँदै गैरहेको बेथिति सङ सजकता अपनाउँदै विश्वश्निय सेवा दिने भन्दापनी आफ्नो मनोमानी गर्ने, सिन्डिकेट कायम राख्ने, यात्रु तानातान गर्ने मनसाय बागेश्वरी यातायात प्रालीको रहेको राधाकृष्ण यातायात प्रा.लि.ले जनाएको छ ।
नेपालगञ्ज देखि सुर्खेत, दाङ, बुटवल, काठमान्डौ, महेन्द्रनगर, कालिकोट, जुम्ला र बिराट नगर लगायतका स्थानहरुमा यातायात सेवा प्रदान गरिने राधाकृष्ण यातायात व्यवसाय झलक खत्री ले बताए । बागेश्वरी यातायात प्रा.लि.ले बसपार्क भित्र ठाउँ नदिएपछी काउन्टर बाहिर टेबल राखेर सेवा दिन बाध्य भएको छ । काउन्टरको बारेमा छ्लफल गर्न कोहलपुर नगर पालिका र ईलाका प्रहरी कार्यालयले गरेको लिखित तथा मौखिक आग्रह गर्दा समेत बागेश्वरी यातायात प्रा.ली.ले ठाडै अटेरी गरेको हो ।

१७ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech