कोहलपुर उद्योग वाणिज्य संघको आगामि शनिबार हुने निर्वाचनका लागि लक्ष्मणराज पौडेल नेतृत्वको लाकतान्त्रीक समावेशी व्यवसायी समूहलाई मतदान गरी बिजयी गराउनका लागि महिला संघले व्यापारीहरुसँग भेटघाट गरेका हो । महिला संघ कोहलपुरकी कार्यवाहक सभापति बालकुमारी सापकोटाको नेतृत्वमा नेपाली काँग्रेस जिल्ला सदस्य गौरा भट्टराई लगायतले न्यूरोडदेखि हाईस्कुलचोकसम्मका व्यवसायीहरुसँग भेटघाट गरेका हुन् । उनीहरुले यूवा, सक्षम र व्यवसायीहरुको समस्याहरुलाई सम्बोधन गर्न सक्ने नेतृत्व आजको आवश्यकता भएकाले सो कुरा लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायिक समूहलाई मतदान गर्न व्यवसायीहरुसँग आग्रह गरेकी हुन् । व्यवसायीहरुका तमाम समस्याहरुलाई समाधान गर्नका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूह सक्षम भएकाले मतदान गर्न आग्रह गरिएको का.बा. अध्यक्ष सापकोटाले बताएकी छिन् । मतदाताहरुले लोकतान्त्रीक समावेशी व्यवसायीहरुले व्यवसायीक पक्षमा काम गर्न सुझाव दिन व्यवसायीहरुले आग्रह गरेका नेपाली काँग्रेस जिल्ला सदस्य गौरा भट्टराई ले बताएकी छिन् ।