कोहलपुर उद्योग वाणिज्य संघको शनिबार हुन लागेको निर्वाचनमा लोकतान्त्रीक सामावेशी व्यवसायी समूहबाट वाणिज्य तर्फको उपाध्यक्ष पदकी उम्मेद्वार संगिता सुवेदीले आफ्नो जन्मदिन गुरुकुल र दृष्टिविहिनहरुसँग मनाएकी छिन् । कोहलपुर नगरपालिका वडा नं. १२ मा रहेको रामजानकी मन्दिर राधाकृष्ण गुरुकुल विद्यायलमा अध्यनरत ५० जना विद्यार्थीहरुसँग आफ्नो जन्म दिन मनाएकी छिन् । साथै उनले मन्दिरमा पुजापाठ गरी गुरुकुलमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई साँझको खानाको व्यवस्था समेत गरेकी हुन् । कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्ष पदमा सुवेदी सहित उनको टिम बिजय हुने भन्दै विद्यार्थीहरुले शुभकामना व्यक्त गरेका थिए ।
साथै सुवेदीले आफ्नो प्रत्येक वर्षको जन्म दिन कोहलपुर नगरपालिका–१० मा रहेको त्रिभुन माध्यमिक विद्यालयमा रहेका दृष्टिविहिन विद्यार्थीहरुसँग मनाउँदै आएकी छिन् । यस वर्ष पनि आफ्नो जन्मदिनमो अवसर पारी दृष्टिविहिन विद्यार्थीहरुसँग जन्मदिन मनाएकी हुन् । सामाजिक कार्यमा तल्लीन उनले त्यहाँ रहेका दृष्टिविहीनहरुलाई साँझको खाना लगायतका खानाका परिकार खुवाएर उनीहरुसँगै जन्मदिन मनाएकी हुन् । विद्यार्थीहरुसँग जन्मदिन मनाउन पाउँदा आफ्नै परिवारका सदस्य जस्तो लागेको बताईन् । साथै उनले जन्मदिनमा गरिने अनावश्यक खर्च कटाएर बालबालिकाहरुसँगै रमाएर जन्मदिन मनाएको र अरुलाई पनि फजुल खर्च नगरि सामाजिक कार्यमा खर्च गर्न आग्रह गरिन् । सो अवसरमा सुवेदीका बुवा आमा र बालबालिकाहरुले जन्मदिनको शुभकामना दिएका थिए । विद्यार्थीहरुले खुसी हुँदै गित, विभिन्न नेताहरुको आवाजबाट जन्मदिनको शुभकामना दिएका थिए । साथै उनीहरुले कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा बिजय हासिल हुने भन्दै अग्रिम शुभकामना समेत व्यक्त गरेका थिए । जन्मदिनको अवसरमा सुवेदीले ले हरेक वर्ष विद्यालयका बालबालिकासँगै केक काटेर मनाउँदै आएको बताएकी छिन् । सामाजसेवालाई आफ्नो धर्म मान्ने सुवेदीले आफ्नो प्रत्येक वर्षको जन्म दिनमा दृष्टिबिहिन विद्यार्थी र निलसागर आश्रममा रहेका वृद्धवृद्धाहरुसँग मनाउने गरेकी छिन् । तर यस वर्ष विशेष कारणले निलसागर वृद्ध आश्रममा पुगेर जन्मदिन मनाउन नपाउँदा दुःख लागेको बताईन् ।
संघको शनिबार हुने निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्ष पदकी उम्मेद्वार सुवेदीले व्यवसायीहरुसँग आफु र आफ्नो टिमलाई निर्वाचनमा बिजय गराउनका लागि अनुरोध गरिरहेकी छिन् । कोहलपुरमा २० वर्षदेखि व्यवसायी गर्दै आईरहेकी सुवेदी व्यवसायिक जीवनसँग सँगै उनी सामाजिक कार्य र समाजसेवामा अग्रसर हुँदै विभिन्न संघसंस्थाहरुमा आवद्ध भई सफल नेतृत्व प्रदान समेत गरिसकेकी छिन् । सुवेदी कोहलपुर जेसीज वर्ष २०१९ को अध्यक्ष जस्तो पदमा रहि उनले जेसीजमा आवद्ध यूवाहरुलाई सफल नेतृत्व प्रदान गरेकी हुन् । त्यस्तै उनी लायन्स क्लब अफ कोहलपुर कस्तुरीको अध्यक्ष भई विभिन्न सामाजिक कार्यहरु गरिरहेकी छिन् । समाजमा बढिरहेका हत्या हिंसाका विरुद्ध उनीले अग्रमोर्चामा रहेर नेतृत्वदायि भूमिका खेल्दै आएकी छिन् । सुवेदीले निर्मला पन्त बलात्कार पछिको हत्याकाण्ड र भागरथी भट्टको बलात्कार पछि हत्याको घटनामा दोषिलाई कारवाहीको माग गर्दै कोहलपुरमा महिलाहरुलाई संगठित गराई घटनाका दोषिलाई कारवाहीको माग गर्दै आन्दोलनको नेतृत्व समेत प्रदान गरेकी छिन् । सुवेदीले नेपालमा आएका विभिन्न खाले प्राकृतिक विपद्का समयमा पनि विभिन्न सहयोग गर्दै आएकी छिन् । कोरोना भाईरसको महामारी पछि सरकारले जारी गरेको लकडाउनका बिचमा कोहलपुर नगरपालिका भित्रका १५ वटै वडामा लकडाउनको समयमा सुत्केरी भएका महिलाहरुलाई अण्डा, ध्यू, नुन, तेल लगायत अन्य पौष्टिक खानेकुराहरु उनले उपलब्ध गराएकी हुन् । प्राकृतिक विपद्को सारथी बनेकी वाणिज्य तर्फको उपाध्यक्ष पदकी उम्मेद्वार सुवेदी जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको सदस्य समेत भई आफ्नो जिम्मेवारी निर्वाह गरिहेकी छिन् । यसका साथै उनी नेपाल रेडक्रस सोसाईटी उप–शाखा कोहलपुरकी विशिष्ट सदस्य समेत रहेकी छिन् । समाज रुपान्तरण अभियानमा जोडिएकी सुवेदीले कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आफुलाई वाणिज्य तर्फको उपाध्यक्ष पदमा निर्वाचित गरिदिन व्यवसायीहरुसँग आग्रह गरेकी छिन् ।