यस कारण लक्ष्मणराज पौडेललाई मतदान

पिपलबाेट संवाददाता


विश्वमा भएका सम्पूर्ण क्रान्ति होस् या शान्तिपूर्ण तरिकाबाट प्राप्त भएका उपलब्धी हुन् । यूवाहरु त्यसका प्रमुख योजनाकर्ता, कार्यान्वय पक्ष र परितर्वनका संवाहक हुन् । यूवामा नेपोलियन जस्तो सहास हुन्छ, बुद्धको जस्तो त्याग हुन्छ । हिलटरजस्तो कुरुता पनि हुन्छ । पाखुरामा बल र जोश, मस्तिष्कमा ज्ञान र होेस भएका यूवाहरुले नै राष्ट,« समाज र घर परिवर्तन गर्न सक्दछन् । समाजमा रहेका विषालु सर्पको नाश गर्न होस् या क्रान्तिका विगुल फुक्न यूवा शक्ति नै सक्षम छन् । यूवा शक्ति त्यो हो जसले क्रान्तिमा रगत उमाल्छ, शान्तिमा विवेकका धर्साहरुले विकासका पहाडहरु फोड्दछ । यूवाहरुले देशको अस्मिताको रक्षा गर्नका लागि क्रान्तिको झण्डा शिरमा राखेको हुन्छन् । राष्ट्रियताको भावनालाई कमोल हृदयमा सजाएका हुन्छन् । राष्ट्रको व्यवस्था परिवर्तनका लागि यूवाहरुले आफ्नो अवस्थालाई बिर्सन्छन् । यूवाहरुले आफ्नो यूवा अवस्थामा गरेको त्यो परिवर्तनले धेरै समयमा त्यसको सकरात्मक र नकरात्मक असर परिरहेको हुन्छ । सकरात्मक सोच भएका यूवाहरु राज्यका विभिन्न निकायहरुको नेतृत्व तहमा पुगे त्यो समाज र राष्ट्र विकासको पदमार्गमा अगाडि लम्किरहन्छ । पिटुरेड द ग्रेटको प्रयासले रसिया विश्व विशाल भयो, किङ सिङ वाङदीको नेतृत्वमा चिन महान भो, जर्ज वाशिंगटनले अमेरिका संयुक्त भयो, लि कआन यूको योगदानले सिंगापुर सम्पन्न भयो, महाथिर बिन महमदको योजनाले मलेशिया उन्नत भो, नेल्सन मण्डेलाको तपस्याले आफ्रिकाको अध्यारो हटयो, दक्षिण अफ्रिका विश्व व्यापारको गन्तव्य बन्यो, महात्मा गान्धिको कुशल नेतृत्वले भारत स्वतन्त्र भो, पृश्विनारायण शाहको दुरदृष्टिले नेपाल एकिकृत भो । महान दृष्टि भएका मावनले समाज र राष्ट्र बनाउँछन् । तिनै दुरदृष्टि र कुशल नेतृत्व आवश्यकताको खोजिका लागि कोहलपुर उद्योग वाणिज्य संघले पनि व्यवसायिक दुरदृष्टि र कुशल यूवा नेतृत्वको खोजि गरिरहेको छ ।
संघले मागेको नेतृत्व र व्यक्तित्वका लागि लक्ष्मणरा पौडेल मैदानमा उत्रिनु भएको छ । पौडेलको जन्म २०३५ साल कार्तिक २२ गते बुबा प्रेमराज पौडेल र आमा यमुना कुमारी पौडेलका चारभाई छोरा मध्ये पौडेल साईला सन्तान हुन् । काँस्की जिल्ला सल्यानमा जन्मेका पौडेलका चार भाई र दुई बहिनी रहेका छन् । काँस्कीबाट बर्दियाको साविक जमुनी गाविस वडा नं. ५ हुँदै कोहलपुर नगरपालिका वडा नं. ११मा हाल बसोबास गर्दै आएका पौडेलकी श्रीमति सविता लम्साल हुन भने उनका दुई छोराहरु सश्रम पौडेल र सक्षत पौडेल रहेका छन् । यूवा व्यवसाय पौडेलले अम्मरज्योति मावि बर्दियाबाट २०५३ सालमा एसएलसी तहको पढाइ सम्म गरी बाँकेको शिक्षा क्याम्पसबाट १२ पास गरेका हुन् । काठमाण्डौं शिक्षा क्याम्पसबाट गणित विषयमा स्नातक र महेन्द्र बहुुमुखि क्याम्पस नेपालगञ्ज बाँकेबाट शिक्षाको योजना तथा व्यवस्थापनमा स्नातकोत्तर तह पास गरेका छन् ।
पौडेलले विद्यालय तहमा नेपाल रेडक्रस सोसाईटी जुनियर रेडक्रसको अध्यक्ष भई कुशल नेतृत्वप्रदान गरे । नेपाल विद्यार्थी संघको ईकाई अध्यक्ष, काठमाण्डौं शिक्षा क्याम्पसमा स्नातक तह अध्ययन गर्दै गर्दा स्ववियू सदस्य बन्न सफल भएका पौडेल नेपाल तरुण दल कोहलपुरको अध्यक्ष, तरुण दलकै बाँके जिल्ला सदस्य हुँदै सह–सचिवको जिम्मेवारी पुरा गरेका छन् । सामाजिक कार्यमा क्रियाशिल पौडेल लायन्स क्लब अफ कोहलपुरको अध्यक्ष, कोहलपुर नगर विकास समितको अध्यक्ष भई आफ्नो जिम्मेवारी ईमान्दारीताका साथ पुरा गरेका छन् । कोहलपुर नगरविकास समितिको अध्यक्ष हुँदैगर्दा पौडेलले कोहलपुर जेसीज जस्तो प्रवित्र संस्थालाई पार्क उपलब्ध गराएका थिए । यसका साथै उनी नेपाल रेडक्रस सोसाईटी कोहलपरको विशिष्ट सदस्य, ब्याटमिन्टन क्लब कोहलपुरका सल्लाहाकार, डाईनामिक मावि कोहलपुरको सञ्चालक समितिको सदस्य, ज्योति विकास बैंकको संस्थापक शेयर सदस्य समेत हुन् । पौडेल स्टार टे«र्डसका प्रोपराईटर, माँ बागेश्वरी मेटल एण्ड इडष्ट्रिज प्रा.लि. र अटोमोटिभ प्रा.लि.का सञ्चालक अध्यक्ष, ओम नमो शिवाय प्रा.लि.को संचालक सदस्य र फो स्टार सप्लायर्सका प्रबन्धक निर्देशक भई आफ्नो व्यवसायिक र सामाजिक जीवनलाई यहाँसम्म ल्याउन सफल भएका छन् । कोरोना भाईरसको महामारीमा जारी गरिएको लडाउनको समयमा राजमार्गमा अलपत्रमा परेका १३ हजार आम नागरिकलाई खाना खुवाउनेदेखि सम्बन्धित ठाउँमा पु¥याउनका लागि यातायातको व्यवस्थापन उहाँकै नेतृत्वमा कोहलपुरको चौराहामा सम्पन्न भएको थियो । सामाजिक अभियानमा रुचि राख्ने पौडेलले विभिन्न बाढी, पहिरो र डुबानका समयमा आफ्नो पहलमा विभिन्न सहयोगका कार्यक्रमहरु संचालन गर्दै आईरहेका छन् ।
२०६१ सालदेखि कोहलपुरमा हार्डवेयर व्यवासयी सुरु गरेका पौडेलले यूवा अवस्थामै विभिन्न संघसंस्थाको नेतृत्व प्रदान गरेसँगै कोहलपुर उद्योग वाणिज्य संघको दुई पटक उपमहासचिव भई कार्यसम्पादन गरेको उनीमा अनुभव छ । कोहलपुर उद्योग वाणिज्य संघलाई आवश्यक परेको दुरदृष्टि सहितको यूवा नेतृत्व प्रदान गर्न, व्यवसायीहरुको हक, अधिकार प्राप्ति र व्यवसायीक सुरक्षा आफ्नो प्रमुख लक्ष्य बोकेर कोहलपुर उद्योग वाणिज्य संघको आगामि नेतृत्व लिनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहको टिम वस्तुगत सदस्यका उम्मेद्वार किरण केसी, एशोसिएट सदस्य पदका उम्मेद्वार दिप नारायण श्रेष्ठ, महिला सदस्यमा शर्मिला मल्ल र प्रवित्रा ढकाल, त्यसैगरी सदस्य पदका उम्मेद्वारहरु हुनुनुहन्छ राकेश विष्ट, भुमिराज कंडेल, तेज बहादुर अधिकारी, होम बहादुर रावत, यादव राज बस्याल, यज्ञ प्रसाद सुवेदी , दिपक वली, नविन कुमार शाही, कल्याण केसी र चिरञ्जिवि चौधरी, सह–कोषाध्यक्ष पदका उम्मेद्वार भरत खत्री, कोषाध्यक्ष पदका उम्मेद्वार सिता कार्की, उप– महासचिव पदका उम्मेद्वार दिपक बहादुर भण्डारी, महासचिव पदका उम्मेद्वार मात्रिका सापकोटा, वाणिज्य तर्फको उपाध्यक्ष पदका उम्मेद्वार संगिता सुवेदी, उद्योग तर्फको उपाध्यक्षका उम्मेद्वार चण्डी प्रसाद गैरे, वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार प्रदिप भट्टराइ र जुजारु यूवाको टिम सहित कोहलपुरका होनाहार यूवा समाजसेवी, कुशल व्यवसायी कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार उहाँ हुनुहुन्छ लक्ष्मणराज पौडेल ।

२० फाल्गुन २०७७ मा प्रकाशित
Nabintech