संघको निर्वाचनमा लोकतान्त्रीक समूहको बिजय भएको दाबि

पिपलबाेट संवाददाता


बाँके कोहलपुर उद्योग वाणिज्य संघको शनिबार हुने निर्वाचनमा कोहलपुर क्षेत्रका उद्योगि व्यवसायीहरुले लक्ष्मणराज पौडेलले नेतृत्वको लोकतान्त्रीक समावेशी व्यवसायी समूहलाई बिजय गराउने प्रतिवद्धता जनाएका छन् । लोकतान्त्री समूहले गरेको व्यवसायी भेटघाट कार्यक्रममा कोहलपुर क्षेत्रका उद्योगि व्यवसायीहरुले लोकतान्त्री समूहमा यूवाहरुको टिम भएकाले यस पटक पौडेल नेतृत्वको टिमलाई कोहलपुर उद्योग वाणिज्य संघकोमा निर्वाचित गराउने बताएका छन् । लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट संघको अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले बैंकेको कर, ढुवानी, क्वारेन्टाईन, आयात, निर्यात, ठेक्का लगायतको क्षेत्रमा संघीय, प्रादेशिक तथा स्थानिय सरकारबाट जारी गरिने नीति, नियम, कानून, निर्देशन आदिका बारेमा व्यवसायीहरुलाई जानकारी गराउनका लागि व्यवसायीहरुका बिचमा प्रतिवद्धता व्यक्त गरेका छन् । साथै कोहलपुर नगरपालिका वडा नं. ११ को बासपार्कको फुटपात क्षेत्रमा व्यवसायी संचालन गरिरहेका व्यवसायीहरुलाई भेटघाट गर्दै आफुलेसंघको निर्वाचनमा बिजय भएपछि फुटपाट व्यवसायीहरुको सुरक्षा र उचित व्यवस्थापन गर्नका लागि आफु प्रतिवद्ध रहेको बताएकाछन् । उक्त क्षेत्रमा व्यवसायी गरिरहेका व्यापारीहरुले आफ्ना समस्याहरु उम्मेद्वारहरुका बिचमा राखेका थिए । विगत तीन वर्षदेखि फुटपाटमा व्यवसायी गर्दै आईरहेकी कोहलपुर नगरपालिका वडा नं. ११ की लक्ष्मी वलीले आफुहरुले समस्या समाधान कसैले पनि नगरेको बताउँदै यूवाहरुको नेतृत्वलाई यसपटक पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् । सो क्षेत्रमा हाल दर्जनौं व्यवसायीहरुले फुटपातमा व्यवसाय संचालन गर्न बाध्य छन् । साथै लोकतान्त्री समूहबाट वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार प्रदिप भट्टराईले कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो टिमलाई बिजय गराउनका लागि मतदाताहरुसँग अनुरोध गरिएको जानकारी दिँदै यूवाहरुको टिमलाई बिजय गराउने व्यवसायीहरुबाट प्रतिवद्धता आएको बताएका छन् । संघको उद्योग तर्फका उपाध्यक्ष पदका उम्मेद्वार चण्डी प्रसाद गैरेले व्यवसायी एकताका लागि आफ्नो टिमलाई बिजय गराउन मतदाताहरुसँग आग्रह गरेका छन् । साथै लोकतान्त्री समूहबाट बाणिज्य तर्फको उपाध्यक्ष पदकी उम्मेद्वार संगिता सुवेदीले व्यवसायी क्षेत्रमा महिलाहरुलाई स्थापित गर्नका लागि आफ्नो टिमले विशेष नीति लिने बताउँदै सोहि अनुसार आफ्नो टिमलाई मतदान गर्न व्यवसायीहरुका बिचमा आग्रह गरेकी छिन् । संघको महासचिव पदका उम्मेद्वार मात्रिका सापकोटाले कोरोना भाईरसबाट ग्रसित भएको व्यापार व्यवसायीलाई उकाक्सनका लागि आफ्नो टिमले व्यवसायी नीति लिएर काम गर्ने मतदाताहरुसँग प्रतिवद्धता जनाईएको बताएका छन् । समूहकी कोषाध्यक्ष पदकी उम्मेद्वार सिता कार्कीले कोहलपुर उद्योग वाणिज्य संघमा आर्थिक पारदर्शिता कायम गर्नका लागि आफ्नो टिम लाग्ने बताउँदै करै करको मारले थलिएका व्यवसायीहरुवलाई दोहोरो तेहोरो करबाट मुक्ति दिलाउनका साथै बैज्ञानिक आधारको खोजि गर्ने उद्देश्य आफ्नो टिमले लिएको बताएकी छन् ।
संघको (भोलि) हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट अध्यक्षमा लक्ष्मणराज पौडेल, वरिष्ठ उपाध्यक्ष पदका लागि प्रदिप भट्टराई, उद्योग तर्फको उपाध्यक्षका लागि चण्डी प्रसाद गैरे, वाणिज्य तर्फको उपाध्यक्ष पदका लागि संगिता सुवेदी, महासचिव पदका लागि मात्रिका सापकोटा, उप– महासचिव पदका लागि दिपक बहादुर भण्डारी, कोषाध्यक्ष पदका लागि सिता कार्की, सह–कोषाध्यक्ष पदका लागि भरत खत्री रहेका छन् । त्यसैगरी खुल्ला सदस्य पदका लागि राकेश विष्ट, भुमिराज कंडेल, तेज बहादुर अधिकारी, होम बहादुर रावत, यादव राज बस्याल, यज्ञ प्रसाद सुवेदी , दिपक वली, नविन कुमार शाही, कल्याण केसी र चिरञ्जिवि चौधरी रहेका छन्भने , महिला सदस्यमा शर्मिला मल्ल र प्रवित्रा ढकाल र एशोसिएट सदस्यमा दिप नारायण श्रेष्ठ र वस्तुगत सदस्यमा किरण केसीले उम्मेद्वारी रहेको छ ।

२० फाल्गुन २०७७ मा प्रकाशित
Nabintech