कोहलपुर उद्योग वाणिज्य संघको ९ औँ अधिवेशनबाट बिजय भएका लोकतान्त्रिक समावेशी व्यवसायी समूहका उम्मेद्वारहरुले मतदाताहरुलाई धन्यवाद सहित बिजय उत्सवको ¥याली सम्पन्न भएको छ । नेपाली काँग्रेस पार्टी कार्यालय कोहलपुरबाट सुरु भएको बिजय ¥याली हाइस्कुल चोक, मुख्य बजार परिक्रम गरी दशविगाह, चपरगौडी, मदनचोक सम्म पुगेर सम्पन्न भएको हो । संघमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई कोहलपुर क्षेत्रका उद्योगी व्यवसायीहरुले स्वागत गरेका थिए । कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट सहकोषाध्यक्ष र दुई जना सदस्य बाहेक अरु सबै पदमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट बिजयी भएको खुशिमा ¥यालिको आयोजना गरिएको
हो । सो ¥यालीमा उद्योगि, व्यापारी, नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । मतदाताहरुसँग खुशि साट्दै नवनिर्वाचित अध्यक्ष लक्ष्मणराज पौडेलले व्यवसायीहरुका हक र अधिकारका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै मतदान गरी बिजयी गराएकोमा सबैलाई धन्यवाद व्यक्त गरेका छन् । संघको वरिष्ठ उपाध्यक्षमा नवनिर्वाचित प्रदिप भट्टराईले कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो टिमलाई विश्वास गरी मतदान गर्नेै मतदाता व्यवसायीहरुको भावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संघको निर्वाचनको बेला जारी गरिएका प्रतिवद्धता पुरा गर्ने व्यवसायीहरु बिच नवनिर्वाचित महासचिव मात्रिका सापकोटाले प्रतिवद्धता जनाएका छन् । संघको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा लोकतान्त्रीक समावेशी व्यवसायी समूहका लक्ष्मण राज पौडेलले बिजयी भएका हुन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा प्रदिप भट्टराई बिजयी भएका छन् भने उद्योग तर्पmको उपाध्यक्ष तर्फ चण्डी प्रसाद गैरे वाणिज्य तर्फको उपाध्यक्षमा संगिता सुवेदी महासचिवमा मात्रिका सापकोटा, उप–महासचिवमा दिपक बहादुर भण्डारी कोषाध्यक्षमा सिता कार्की, सहकोषाध्यक्षमा भुपेन्द्र प्रसाद काफ्ले बिजय भएका हुन् । त्यस्तै महिला सदस्य पवित्रा ढकाल, शर्मिला मल्ल र सदस्यहरुमा राकेश विष्ट, भूमिराज कँडेल, तेज बहादुर अधिकारी, हुम बहादुर रावत, यज्ञ प्रसाद सुवेदी , दिपक वली , यादवराज बस्याल, नविन कुमार शाही, कल्याण केसी र अर्जुन प्रसाद सुवेदी बिजय भएका हुन् । कोहलपुर उद्योग वाणिज्य सघको बस्तुगत सदस्यमा टक बस्याल र एशोसियट सदस्यमा दिप नारायण श्रेष्ठ विजयी भएका हुन ।