मैत्रिपूर्ण भलिबलमा शिक्षक महासंघ बिजयी

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसाको १२ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरिएको छ । क्रिसाको टिम र नेपाल शिक्षक महासंघ बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा शिक्षक महासंघ बिजयी भएको छ । बिजयी टिमलाई क्रिसाका सल्लहाकार केशर बहादुर आलेले एउटा खशि उपलब्ध गराउने घोषण गरेका थिए भने सो खशि शिक्षक महासंघले प्राप्त गरेको हो । क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगिले शिक्षक र क्रिसा बिचको आत्मियतालाई कायम गर्नका लागि मैत्रिपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको बताएका छन् । शिक्षक महासंघ कोहलपुरका अध्यक्ष रामप्रसाद चापागाईले शैक्षिक क्षेत्रको विकास र समृद्धिका लागि क्रिसाले विभिन्न कार्यहरु गरिरहेको जानकारी दिँदै समय समयमा शिक्षकहरुको आपसि सम्बन्धका लागि यस्ता प्रतियोगिताको आयोजना हुनुपर्ने बताएका छन् ।

२५ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech