१२ औं क्रिसा रनिङ्ग शिल्डको उपाधि ग्रिनपिसको पोल्टामा

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा सम्पन्न भएको १२ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि कोहलपुरमा–१२ मा रहेको ग्रिनपिस माविले उपाधि हात पारेको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयको छाता संगठन क्रिसाले यही फागुन २४ गते देखि सञ्चालन गरेको प्रतियोगिताको उपाधि ग्रिनपिसले हात पारेको हो । ग्रिनपिले मावि तहतर्फ ३ स्वर्ण र १ रजत पदक सहित १२ औं क्रिसा रनिङ्ग शिल्डको उपाधि हात परेको छ । उपाधिसँगै ३० हजार पुरस्कार राशि, ट्रफि प्राप्त गरेको छ । त्यस्तै कोहलपुर–२ मा रहेको जनज्योति पब्लिक हाई स्कुलले मावि तर्फ २ स्वर्ण, २ रजत र २ कास्य पदक सहित द्धितीय र गोरखा यूनाईटेड पब्लिक स्कुल २ स्वर्ण, १ रजत र १ कास्य पदक सहित तृतीय भएको छ । साथै प्रतियोगितामा क्रमशः द्धितीय र तृतीय भएका विद्यालयले २० हजार र १० हजार पुरस्कार सहित ट्रफि प्राप्त गरेका छन् । त्यस्तै १२ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिताको आधारभूत तहतर्फ शेम्शरगञ्ज सेकेन्डरी स्कुल प्रथम, जनज्योति हाईस्कुल द्धितीय र प्रयत्न मावि तृतीय भएका छन् । प्रतियोगितमा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले १५ हजार, १० हजार र ५ हजार पुरस्कार राशि सहित ट्रफि प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताको भलिबल छात्रा तर्फ प्रयत्न ई.मि. स्कुलकी छात्रा प्रतिक्षा चौधरी उत्कृष्ट खेलाडि घोषित भएकी छिन् भने छात्र भलिबल स्थगित गरिएको छ । १२ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितामा १८ वर्ष मुनिका मावि तहका छात्र र छात्रा तर्फको भलिबल, एक मिटर दौड छात्र छात्रा, फोर ईन्टु एक सय रिले दौड छात्र÷छात्रा, सटफुट छात्र÷छात्रा, लमजम्प छात्र÷छात्रा, १५ सय मिटर दौड, आधारभूत तह अन्तर्गत १२ वर्ष मुनिका छात्र र छात्रा तर्फको फाईभ ए साईड फुटबल, एक सय मिटर दौड, चार ईन्टु एक सय मिटर रिले दौड, कुर्सी दौड लगायतका खेलहरु समावेश गरिएको थियो । प्रतियोगितमा क्रिसामा आवद्ध विद्यालय मध्ये मावि तहमा २१ वटा र आधारभूत तहमा २२ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका महासचिव प्रकाश शाहले बालबालिका भित्र रहेको प्रतिभालाई बाहिर ल्याउनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण अर्थ राख्ने भन्दै यस्ता क्रियाकलापलाई जोड दिन सुझाव दिएका थिए । साथै उनले नीजि क्षेत्रको विकासका लागि राज्यले विशेष नीति लिई शैक्षिक सुधारका गतिविधिहरुमा सहकार्य गर्न सुझाव समेत दिएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निम बहादुर चलाउनेले कोहलपुरको शैक्षिक विकास र खेलकुदको विकासको मेरुदण्डका रुपमा संस्थागत विद्यालयहरु रहेको बताउँदै संस्थागत विद्यालयहरु र स्थानिय सरकार बिच शैक्षिक विकासका लागि सहकार्य आवश्यक रहेको बताएका छन् । साथै उनले पाठ्क्रमले तोकेका विषय वस्तुसँगै अतिरिक्त क्रियाकलापमा सहभागि गराउँदा विद्यार्थीहरुको चौतर्फि विकास हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगिले प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका विद्यालय, शिक्षक खेलाडि विद्यार्थी लगायत सबैलाई धन्यवाद व्यक्त गरेका थिए । क्रिसाले प्रत्यक वर्ष क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता गर्दै आइरहेको छ । प्रतियोगिताको सहजिकरण क्रिसाका सचिव नवकिरण शाहले गरेका थिए भने प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

२६ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech