जुनियर यूवा रेडक्रस सर्कलका विद्यार्थीहरु बिच अन्र्तक्रिया कार्यक्रम सन्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको नेपाल रेडक्रस सोसाईटी उप–शाखा कोहलपुरका जुनियर यूवा रेडक्रस सर्कलका विद्यार्थीहरु बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालय अन्तर्गत जुनियर यूवा रेडक्रस सर्कल विभागका सक्रिय स्वयम्सेवकले प्रत्येक जिल्लाहरुमा सम्पन्न गरिरहेको यूवा अन्र्तक्रिया कार्यक्रम कोहलपुरमा सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाईटी उप–शाखा कोहलपुर अन्तर्गत जुनियर यूवा रेडक्रस सर्कलका विद्यार्थीहरुलाई साईबर सुरक्षा शिक्षा, सडक सुरक्षा शिक्षा, जलवायु परिवर्तन शिक्षा र जुनियर तथा यूवा रेडक्रसको संगठन विकास सम्बन्धी प्रशिक्षण दिईएको थियो । कार्यक्रममा मनिश लिम्बुले साईबर शिक्षा सम्बन्धी प्रशिक्षण दिँदै पछिल्लो समय यूवाहरु सामाजिक सञ्जालमा सक्रिय भईरहेको अवस्थामा सामाजिक सञ्जालको दुरुप्रयोग नगर्न आग्रह गरेकी छिन् । सामाजिक सञ्जालमा आएका सबै कुराहरुलाई गहिरो अध्ययन गरी मात्र त्यसलाई आफ्नो आवश्यकता अनुसार प्रयोगमा लिनुपर्ने र अनावश्यक कुराहरुलाई आत्मासाथ गर्न नहुने बताईन् । साथै सडक सुरक्षाका बारेमा जानकारी नहुँदा अकालमा ज्यान जाने भएकाले यूवा विद्यार्थीहरुले सडक सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको अनिश कार्कीले बताएका छन् । कार्यक्रममा कोहलपुर रेडक्रस सोसाईटी उप–शाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेल, सचिव संजय कुमार पन्त, जिल्ला शाखाका मन्त्री अजिज अहमद सिद्धिकि, जिल्ला शाखा बाँकेका कार्यक्रम अधिकृत निरञ्जना मल्ल, कोहलपुर रेक्रस सोसाईटीका कार्यालय प्रमुख लाल बहादुर राना, जुनियर यूवा रेडक्रस सर्कल विभागका कार्यक्रम अधिकृत सुरज पोख्रेल, निशान कार्की, डिना पनेरु, अनिश कार्की मनिशा लिम्बुको सहभागिता रहेको थियो भने प्रशिक्षार्थीका रुपमा नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाका जुनियर यूवा रेडक्रस सर्कलका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

२६ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech