ट्रकको ठक्करबाट ज्यान गुमाएका मल्लका आफन्तहरु सडक आन्दोलनमा

पिपलबाेट संवाददाता


ट्रकको ठक्करबाट ज्यान गुमाएका मल्लका आफन्तहरु सडक आन्दोलनमा बाँकेको कोहलपुरमा ग्याँस बोकेको ट्रकले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको
छ । बुधबार बेलुका ८ बजेको समयमा कोहलपुरको हवल्दारपुरदेखी दैलेखतर्फ जाँदै गरेको भे१ख ११०० नम्बरको ट्रकले ठक्कर दिदा कोहलपुर ११ का ३८ वर्षिय जयकर्ण मल्लको ज्यान गएका थियो । स्थानिय विद्युतरोड चोकमा ट्रकले मल्ललाई ठक्कर दिएको हो । दुर्घटनाबाट गम्भीर घाईते भएका मल्ललाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥र्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको थियो । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाएको जनाएको भएतापनी बिहिबार मल्लका आफन्त तथा शुभचिन्तकहरुले सडक बन्द गराएका छन् । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने आन्दोलनको नेतृत्व गरिरहेका ३२ वर्षिय हरिचन्द मल्लले बताए । कोहलपुरको मुख्य सडकमा सवारी साधनहरु आन्दोलनकर्ताहरुले रोक लगाएका छन् ।

२७ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech